ट्रेंडिंग:

>> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
फ्रन्टपेज

लुम्बिनीमा दुईवटा आइसीपीः नेपालगन्जमा उद्घाटन,भैरहवामा भूमिपुजन

१८ जेष्ठ २०८०, बिहीबार
१८ जेष्ठ २०८०, बिहीबार

बाँके  जेठ- भारत भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा लुम्बिनी प्रदेश अन्तरगत पर्ने नेपालगन्जको एकीकृत जाँच चौकी (आइसीपी)को उद्घाटन गरेका छन् भने भैरहवाको एकीकृत जाँच चौकी (आइसीपी)को भुमिपुजन सम्पन्न गरेका छन् ।
अन्तरदेशीय व्यापारलाई ब्यवस्थित बनाउनका लागि एकीकृत जाँच चौकी (आइसीपी) महत्त्वपूर्ण मानिन्छ जुन लुम्बिनी प्रदेशमा मात्रै दुइवटा हुने भएका छन् ।
भारत सरकारको झण्डै २ अर्ब लगानीमा निर्माण गरिएको एकीकृत जाँच चौकीबाट दुबै देशले एक समारोहका बीच आ आफ्ना देशका मालबाहक गाडी पठाएर सञ्चालनमा ल्याएका हुन् । नेपालकै तेश्रो एकीकृत जाँच चौकीका रुपमा सञ्चालनमा आएको जैसपुर एकीकृत जाँच चौकीको उद्घाटन समारोह निकै भब्य बनाईएको थियो । भारतबाट पेट्रोलियम पदार्थ र नेपालबाट जडिबुटी निर्यात गरेर एकीकृत जाँच चौकी आजबाट सञ्चालनमा ल्याईएपनि केही आन्तरिक संरचना निर्माणका क्रममा रहेकाले पूर्णरुपले सञ्चालनमा आउन केही समय लाग्ने देखिएको छ ।

सुख्खा बन्दरगाह नाम दिइएको उक्त एकीकृत जाँच चौकी चाँडै सञ्चालनमा आउने भन्दै यस एकिृत जाँच चौकीमा झण्डै ३ सय मालबाहक ट्रक पार्किङ गर्न सकिने क्षमता रहेको नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दरगाहको सञ्चालन तथा ब्यबस्थापन गर्ने कार्यालय नेपाल ईन्टरमोडल यातायात बिकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउछन् । उनले एकिकृत जाँच चौकीमा गोदाम, भन्सार भवन, प्रशासकीय भवन, क्वारेन्टाईन भवन, बैंक लगायतको ब्यस्था रहेको बताए ।
यस एकिकृत जाँच चौकीमा भन्सार, अध्यागमन लगायतका सबै सेवा यसैबाट दिने गरेर बनेको जाँच चौकी भएको भन्दै संरचनाका कामहरु सम्पन्न भैसकेकार्ले अबको ४ महिनामा फर्निसिङको कार्य सम्पन्न भएपछि सम्पूर्ण रुपले एकिकृत जाँच चौकी सञ्चालनमा आउने संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जका प्रमुख बिजय केशर खनाल बताउछन् ।


२०६८ सालबाट नेपाल पक्षले भारतसंग सीमा जोडिएको बाँकेको जसैपुरमा एकीकृत जाँच चौकीका लागि करीब ९२ विगाहा जग्गा अधिग्रहण गरेको थियो । झण्डै १५ बर्ष पहिले कार्य थालनी गरिएको एकिकृत जाँचचौकीमा भन्सार, अध्यागमन, सुरक्षा व्यारेक, वन कार्यालय, प्लान क्वारेनटाइन, पशु क्वारेनटाइन, खाद्य तथा गुण नियन्त्रण, मुद्रा सटही काउण्डर, बैंक, स्क्यानर मेसिन समेतको ब्यबस्था हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?