© २०२३
कपिलवस्तु(बुटवल टुडे) १५ जेठ – गणतन्त्र दिवसका अवसरमा कपिलबस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा भएका छन् । कपिलबस्तु जिल्लाका ९ जना र कंचनपुर १ जनालाई कैद मिनाहा भए बमोजिम कारागारबाट कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज कुमार शैनिले जानकारी दिए ।
कैदमुक्त भएका १० जना मध्ये ३ जना सवारी ज्यान, २ जना कर्तव्य ज्यान, २ जना डाका मुद्दाका छन भने ज्यान मार्ने उद्योग, बहुविवाह र हातहतियार एक/एक जना रहेका छन । मुद्धा नकारात्मक सूचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएकोमा सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको जेलर शैनिले बताए । कपिलवस्तु कारागारमा रहेका कुल ४ सय ९९ कैदी बन्दी मध्ये सोमबार १० जना कैद मुक्त भए भने बाँकी ४ सय ८९ जना कैदी बन्दी कारागारमा रहेका छन् ।