ट्रेंडिंग:

>> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि
मुख्य खबर

‘चन्द्रौटा’ देह ब्यापारको अखडा बनेकै हो त ?

१५ जेष्ठ २०८०, सोमबार
१५ जेष्ठ २०८०, सोमबार

चन्द्रौटा (कपिलवस्तु), जेठ । कपिलवस्तुको मुटु मानिने बजार हो, चन्द्रौटा । भारतको सिमाना जोडिएको चन्द्रौटा बजार हुँदै भारतीय नागरिकका लागि नेपालको विभिन्न स्थान पर्यटकीय गन्तव्य बन्दछ ।
जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–५, अन्तर्गत पर्ने पर्यटकीय गन्तव्य तय गर्न अधिकांश भारतीय नागरिक चन्द्रौटा बजारमा बास बस्ने गरेका छन् । त्यही बजार जुन पछिल्लो समय देह ब्यापारको अखडा बन्न थालेको छ ।
बजार जाँदा भोक लाग्यो भने खाजा खानपनि अड लाग्न थालेको छ ः स्थानीय नाम नखुलाउने शर्तमा भने । उनका अनुसार होटेलमा अधिकांश १८ देखि ४० बर्षउमेर समूहका नेपाली चेली हुन्छन् भने ग्राहक भारतीय रहने गरेका छन् ।
कतै खाजा खान गयो कि गलत क्रियाकलाप गर्न गयो भन्ने आशंका हुन्छ, भन्दै उनले थपे ः “यो देह ब्यापारले पूरा बजार नै बदनाम भयो यसको नियमन गर्ने प्रहरी, प्रशासन स्थानीय सरकारलगायत सम्बन्धित निकायसमेत मुखदर्शक बनेको छन्, किन ? यसको जवाफ कसले दिने ?“
प्रश्न गर्दै पुनः भने ः“केही समय यता यस चन्द्रौटा बजारमा बढ्दै गएको विकृतिले समाजका लागि चुनौति नबन्ला भन्न सकिदैँन ? जसले सामाजिक अभियन्ता अगुवा, बुद्धिजीवी वर्गको लागि चिन्ता र चासोको बिषय समेत बनेको छ ।“
यति मात्रै होइन, चन्द्रौटा बजारले जिल्लाकै ठूलो भन्सार नाका रहेको कृष्णनगर क्षेत्रलाई समेत जोडेको छ । जहाँ छिमेकी जिल्ला दाङ, अर्घाखाँची, प्युठान र रोल्पालगायत अन्य जिल्लाबाट समेत आम नागरिकको व्यापारिक केन्द्र विन्दुमा चन्द्रौटा पर्दछ । यतिबेला चोक, चौराहा गाउँ घरमा समेत चन्द्रौटा बजारकै चर्चा चल्ने गर्छ । खासगरी शिवपुर चन्द्रौटा बजार हुँदै खरेन्द्रपुर सम्मका होटेल, लज, रेष्टुरेन्ट तथा खाजा घरमा समेत देह व्यापार हुने गरेको बताइन्छ ।
बजारका अधिकांश सञ्चालक होटेलमा खुलेआम महिला राखेर यौनजन्य क्रियाकलाप सञ्चालन गरेको स्थानीयको गुनासो छ । यस्तै चन्द्रौटा अवस्थित न्यु प्युठानी होटेलमा दुई महिला राखी यौनजन्य गतिविधिमा लगाइएको छ ।
उक्त होटेलमा लगाइएको महिला जिल्ला बाहिरको रहेको बताइएको छ । जसबाट आएको पैसा होटेल सञ्चालक र ती महिलाले आधा–आधा लिइने गरेको महिला बताउँछिन् । महिला भन्छिन्ः यो धन्दा गर्नु रहर होइन बाध्यता हो, घरमा बालबच्चा छन लालनपालन गर्नै प¥यो । कतिपय महिलाको बाध्यता त कतिपय रहरले यौन धन्दा गर्ने गरेको पाइन्छ । अधिकांश महिलाको सानै उमेरमा विवाह हुँदाबीच बिछोड भएर अलपत्र परेर यो धन्दा अंगालेको पाइएको छ ।
यस्तै चन्द्रौटामा रहेको ब्लु स्काई रेष्टुरेन्ट एण्ड बार मसाज सेन्टरमा समेत मसाजको नाममा महिनौं देखि यौन धन्दा चलाएको स्थानीय बताउँछन् । मसाजको नाममा यौनजन्य क्रियाकलापमा लगाइनु एकदमै नकारात्मक रहेको छ । खुलेआम रूपमा तीन सय देखि ५ हजार सम्म रकम लिने गरेको र अधिकांश नेपाली महिला र भारतीय पुरुष रहेको स्रोतमा खुलेको छ । यसमा उल्लेखित होटेलका घटना उदाहरण मात्र हुन् । यस्ता यौनजन्य गतिविधि अधिकांश होटेलले लामो समयदेखि सञ्चालन गर्दै आएका छन् ।
यता होटेल व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्तीले यौनजन्य क्रियाकलापमा व्यवसायी संघ कहिल्यै प्रोत्सहन नगर्ने कटिबद्ध भएको बताए । केही दिन पहिले सामाजिक सञ्जालमा बाहिर आएको अनैतिक गतिविधि लगायतको बिषयमा सम्बन्धित निकायसँग छलफलमा जुटेको उनले जनाए । आफू नवनिर्वाचित भएकोले यसबारे सक्रियता जनाउँदै यौनजन्य क्रियाकलाप नगराउने सरोकारवालासँग छलफल चलेको अध्यक्ष घर्तीले बताए ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले आफूले प्रभावकारी ढंगले यसबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताए । यस्ता क्रियाकलाप नियन्त्रण गर्न प्रहरी मात्रै नभएर आमनागरिकले समेत यसमा सहयोग र अहम भूमिका खेल्नुपर्ने उनले जिकिर गरे । पटकपटक प्रहरीले अनुगमन गरिरहेको बताउँदै आफ्नो काम प्रक्रिया अगाडि बढाएको उनको दावी छ । वैधानिक वा अवैधानिक भन्ने बिषयमा थप अनुसन्धान भइरहेको समेत उनले जनाए ।
त्यसैगरी ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम अर्यालले यस बिषयमा कहि कतैबाट सूचना नआएको बताए । यो बिषय लज्जास्पद भएको बताउँदै सबैको हातेमालो गरि अगाडि बढ्ने समेत प्रमुख अर्यालले जनाए । यदि व्यावसायिक रुपमै यौनजन्य क्रियाकलाप मौलाएको छ, भने अनुगमन गरेर कानुनी प्रक्रिया अगाडि बढाइने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%