© २०२३
बुटवल – २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकामा मेयरको उम्मेदवार बनेका मोहन चापागाईंले तत्कालै पत्रकार महासंघको सदस्यता त्यागेको घोषणा गरे । नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष समेत रहेका उनी चुनावमा उम्मेदवार भएपछि सदस्यता त्याग्ने पहिलो व्यक्ति हुन् ।
त्यसपछिको मंसिर ४ गते भएको संघीय र प्रदेशसभाको निर्वाचन अन्तर्गत विनोद पहाडी रूपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार बने । महासंघको पूर्व अध्यक्ष रहेका पहाडीले सदस्यता त्याग गरेनन् । नेपाल पत्रकार महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरूको सदस्यता स्वतः खारेज हुने यसअगाडि नै घोषणा गरेको थियो । तर नेपाल पत्रकार महासंघ रूपन्देहीको सदस्यता सूचीमा पहाडीको नाम अहिले पनि कायम छ ।
यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । नेपाल पत्रकार महासंघ रूपन्देहीको ३१४ जनाको सदस्यता सूचीमा झण्डै आधा गैरपत्रकार रहेको पाइएको छ । ती मध्ये केही राजनीतिक दलमा क्रियाशिल रहेका, केही निर्वाचनमा उम्मेदवार बनेका, केहीले पत्रकारिता पेशा नै पूर्णरूपमा छाडेका, केही सरकारी तथा गैरसरकारी निकायमा कर्मचारीको रूपमा कार्यरत रहेका, केही उद्योग व्यवसाय सञ्चालन गरेर बसेका र केही विदेश पलायन भएका समेत छन् । पछिल्लोपल्ट पत्रकारितामा क्रियाशिल नरहेका हरिसुन्दर बासी, गिरी श्रीस र निजामती कर्मचारी कान्ती चुँदाली तथा देवीराम बन्जाडेले स्वेच्छिक रूपमा सदस्यता त्यागेका छन् । यसरी हेर्दा स्वेच्छिक सदस्यता त्याग्नेको संख्या रूपन्देहीमा जम्मा ५ जना मात्रै छ । तर शुद्धिकरण मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गराउने सवालमा महासंघको रूपन्देही नेतृत्व भने कटिवद्ध देखिएको छैन ।
केही दिनअघि यही विषयमा छलफल गर्न सञ्चारसम्बद्ध विभिन्न संगठनलाई बोलाएर महासंघले प्रतिवद्धता माग गरेको थियो । तर सबै संगठनले शुद्धिकरणमा प्रतिवद्धता जनाउँदा समेत महासंघको नेतृत्व शुद्धिकरणलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको देखिदैन । उक्त छलफलमा सहभागी महासंघका पूर्व अध्यक्ष हरि लम्सालले आफूले सदस्यता त्याग गरौं कि के गरौं भनेर महासंघको जिल्ला र केन्द्रीय नेतृत्वलाई सल्लाह गर्दा अहिले नत्याग्नु भनेकाले आफूले त्याग नगरेको बताएका थिए ।
यता, प्रेस युनियनका अध्यक्ष कविन्द्र नेपालले शुद्धिकरण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने पक्षमा आफ्नो संगठन रहेको बताए । “महासंघले बनाएको मापदण्डलाई पूर्णरूपमा लागू गर्नुपर्छ”–उनले भने ।
त्यस्तै प्रेस चौतारी नेपाल रूपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले आफ्नो संगठनले सुरुदेखि नै शुद्धिकरणको मुद्दा उठाउँदै आएको बताउँदै महासंघ नेतृत्व यसमा खुट्टा नकमाईकन कार्यान्वयन गर्नुपर्ने बताए । प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष विष्णु पोखरेलले सदस्यता शुद्धिकरण गरेर जानुपर्छ भन्ने मान्यतामा आफ्नो संगठन अडिग रहेको तर महासंघको नेतृत्वमा इच्छाशक्ति नदेखिएको बताए ।
शुद्धिकरण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्ने गरी पत्रकारहरूको नामावली तयार गर्नका लागि उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सन्जय सौगात र सदस्य विरेन्द्र कुँवर रहेको समिति गठन गरिएको छ । यस सन्दर्भमा समितिका संयोजक विश्वास ढकाल भन्छन्–“सबै सदस्यहरूको सन्दर्भमा बुझ्ने र छानविन गर्ने काम भइरहेको छ । हाम्रो काम छानविन गरेर प्रदेश मार्फत केन्द्रलाई सिफारिस गर्ने हो । शाखाको सिफारिसका आधारमा केन्द्रले शुद्धिकरण गर्ने हो । शुद्धिकरण गर्ने काम हाम्रो होईन ।” रूपन्देहीमा करिब १०० जनाको सदस्यता शुद्धिकरणमा पर्ने उनले दाबी गरे । तर पनि उक्त समितिले अहिलेसम्म के गरिरहेको छ भन्ने कुनै ठोस काम भने देखिएको छैन । महासंघका पूर्व अध्यक्षहरू पत्रकारितामा क्रियाशिल छन् कि छैनन् भन्ने बारेमा यो तथ्य हेरौं ।
१. बालकृष्ण चापागाईं
पत्रकार महासंघ रूपन्देहीका प्रथम अध्यक्ष हुन् बालकृष्ण चापागाईं । उनले विं.सं.२०४१ देखि २०५१ सम्म महासंघको नेतृत्व गरेका थिए । उनी सुरुदेखि नै पत्रकारितामा व्यवसायिक रूपले क्रियाशिल हुन् । चुनावमा उम्मेदवार बन्न पटक–पटक आकांक्षा राखेका उनी उम्मेदवार बन्न भने पाएनन् । अहिले पनि दैनिकपत्र दैनिकको प्रधानसम्पादक र सञ्चालक छन् ।
२. विनोद पहाडी
विनोद पहाडीले २०५३ देखि २०५५ सालसम्म पत्रकार महासंघ रूपन्देहीको नेतृत्व गरे । उनी दोस्रो कार्यकालका लागि २०५५ देखि २०५८ सम्म पनि महासंघको नेतृत्व सम्हाले । उनी संविधानसभा सदस्य समेत हुन् । राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय अध्यक्ष समेत रहेका पहाडी गत प्रदेशसभा निर्वाचनमा रूपन्देही ५ (१) बाट उम्मेदवार बनेका थिए । पत्रकार महासंघले निर्वाचनमा उम्मेदवार बनेकाहरूको सदस्यता स्वतः खारेज हुने भनेको थियो, तर सदस्यता यथावत रहेको छ ।
३. हरि लम्साल
हाल पत्रकारिता पेशामा नरहेका हरि लम्सालले २०५८ देखि २०६१ सम्म पत्रकार महासंघ रूपन्देहीको नेतृत्व गरे । उनी नेपाली काँग्रेसको तर्फबाट दुई कार्यकालका लागि रूपन्देही–२ को क्षेत्रीय सभापति समेत बने । तर २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरको मेयरका लागि टिकट नपाएपछि काँग्रेसको सदस्यता त्यागेर स्वतन्त्र रहने घोषणा गरे । उनले मुख्य पेशाको रूपमा उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
४. डि.आर. घिमिरे
डिआर घिमिरेले २०६१ सालदेखि २०६४ सालसम्म महासंघको जिम्मेवारी सम्हाले । उनी बिगतमा मेचीकाली दैनिकको सम्पादक भएर लामो समय क्रियाशील रहे । त्यसपछि उनले स्वाधिन साप्ताहिक निकाले भने हाल उनी इखबर नेपाल डटकम चलाउँछन् । घिमिरे एमाले लुम्बिनी प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।
५. मोहन चापागाईं
मोहन चापागाई २०६४ सालदेखि २०६७ साल सम्म पत्रकार महासंघको अध्यक्ष भए । गत स्थानीय तहको निर्वाचनमा तिलोत्तमाबाट मेयरको उम्मेदवार बनेका चापागाईंले सदस्यता त्याग्दै नैतिकता देखाए । उनी अहिले भने दैनिक लुम्बिनी पत्रिकाको अध्यक्ष छन् ।
६. दीपक ज्ञवाली
दीपक ज्ञवाली २०६८ सालदेखि २०७० सालसम्म पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष रहे । अहिले उनी गोरखापत्रको विज्ञ सल्लाहकारको रूपमा काम गर्छन् । यसअघि गोरखापत्रको लुम्बिनी प्रदेश संयोजकको रूपमा कार्यरत थिए । उनी मिडिया बाहेक अन्यत्र कतै संलग्न भएको देखिदैन ।
७. शेरबहादुर केसी
शेरबहादुर केसी पत्रकार महासंघ रूपन्देहीमा २०७० सालदेखि २०७३ सालसम्म अध्यक्ष थिए । उनी तत्कालीन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार भएर काम गरे । उनी अहिले दैनिक लुम्बिनीमा सम्पादक छन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रहेका उनी कालिका मानवज्ञान माविका पार्टटाइम शिक्षक समेत हुन् ।
८. यानेन्द्र जिसी
यानेन्द्र जिसी २०७३ सालमा रूपन्देही पत्रकार महासंघको अध्यक्ष बने । उनी निवर्तमान अध्यक्ष हुन् । अहिले उनी दैनिक लुम्बिनीमा कार्यरत छन् । उनी मिडिया बाहेक अन्यत्र कुनै पेशा व्यवसायमा संलग्न रहेको देखिदैन ।
वर्तमान कार्यसमिति
सदस्यता शुद्धिकरण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्ने हो भने महासंघको वर्तमान नेतृत्वमा रहेका धेरैजना शुद्धिकरणमा पर्ने अवस्था छ । त्यसैले पनि महासंघ नेतृत्व शुद्धिकरणलाई पूर्णरूपमा कार्यान्वयन गर्ने पक्षमा देखिँदैन । महासंघका अध्यक्ष रामराज पोखरेल भन्छन्–“हामीले स्वेच्छिक रूपमा सदस्यता त्यागको आह्वान गरेका छौं, यसभन्दा अघि बढेर जोखिम लिन सकिँदैन ।” उनी आफू पनि मिडिया संस्था बाहेक अन्य संस्था इन्टेलेक्च्युअल बोर्डिङ स्कुल बुटवलका कर्मचारी (प्रबन्ध निर्देशक) हुन् भने सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् । लुम्बिनी अनलाईनका सम्पादक रहेका पोखरेलले शुद्धिकरण मापदण्ड पूर्णरूपमा लागू गर्दा धेरै जना फालिने तर आफू त्यो जोखिम लिने पक्षमा नरहेको बताए ।
महासंघका कोषाध्यक्ष सन्जय सौगात अहिले पत्रकारिता पेशा छोडी व्यवसाय चलाउँछन् भने कार्यसमिति सदस्य हरिकला (कमला) अधिकारी नेपाली काँग्रेस रूपन्देहीको कार्यसमिति सदस्य छन् । यस्तै अर्का सदस्य मोहन न्यौपाने पाँच वर्षदेखि तिलोत्तमा नगरपालिकाका करार कर्मचारी हुन् ।
टक (टंक) सुनार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । कविराज (कपिल) अधिकारी प्रदेश सभा सचिवालयका कर्मचारी हुन् भने सदस्य राजाराम (राज) चौधरी पनि पत्रकारितामा सक्रिय छैनन् । उनी ल्याङ्ग्वेज ट्रेनिङ्ग सेन्टर चलाएर बसेका छन् । त्यसबाहेक मूल पेशा पत्रकारिता नबनाएका धेरै व्यक्ति पनि पत्रकार महासंघ रूपन्देहीको सदस्यता सूचीमा छन् । तीनलाई अहिलेसम्म पत्रकार महासंघ रूपन्देहीको नेतृत्वले स्वेच्छिक रूपमा सदस्यता त्याग्न आह्वान गर्ने बाहेक केही गर्न सकेको छैन । “शुद्धिकरण मापदण्डलाई कडाइपूर्वक लागू गर्दा पत्रकार महासंघको कार्यसमितिमै रहेका धेरैजना फालिने भएकोले महासंघको नेतृत्वले हिम्मत गर्न सकेको छैन”–महासंघका एक पूर्व अध्यक्षले भने ।
नेपाल पत्रकार महासंघको सदस्य शुद्धिकरणका लागि १५ वटा मापदण्ड बनाइएको छ । महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दा शुद्धिकरणका लागि बनाइएका १५ वटा मापदण्ड कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ । कतिपय जिल्लामा यसको कार्यान्वयन समेत सुरु भैसकेको छ ।
महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा शुद्धिकरणका लागि मापदण्ड बनाउने समिति बनाइएको थियो । सो समितिले मापदण्ड तयार गरी जिल्ला र प्रदेश समितिलाई परिपत्र गरेको छ । महासचिव पुरीका अनुसार अब राजनीतिक दलमा आवद्धहरूको सदस्यता नवीकरण हुनेछैन । यस्तै पत्रकारिता छाडेकाहरूको पनि सदस्यता नवीकरण गरिने छैन भने कहिलेकाँही मात्र पत्रकारिता गर्नेहरूको पनि सदस्यता नवीकरण हुनेछैन । विदेश गएका, सरकारी वा गैरसरकारी क्षेत्रका कर्मचारीलगायतको पनि सदस्यता नवीकरण नगर्ने महासंघले मापदण्ड बनाएको हो ।
छिमेकी जिल्लामा के भयो ?
शुद्धिकरण मापदण्ड बनेसँगै नवलपरासी शाखाबाट सदस्यता लिएका १७ जनाले स्वेच्छिक रूपमा सदस्यता त्यागेको घोषणा गरेका थिए । सदस्यता त्याग गरेका सदस्यहरूलाई महासंघले सम्मानसहित विदाई गरेको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाले सदस्यता शुद्धीकरण अन्तिम चरणमा पु¥याएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औं साधारण सभामा केन्द्रीय अभियानलाई सार्थकता दिन भन्दै पूर्वअध्यक्ष जनार्दन घिमिरे संयोजक रहने गरी निवर्तमान अध्यक्ष नवराज भुसाल र कार्यसमिति सहसचिव तिलाचन पाण्डे सदस्य रहने गरी कार्यदल गठन गरिएको थियो ।
कार्यदलका संयोजक घिमिरेले केन्द्रीय शुद्धीकरण अभियानलाई पूर्ण कार्यान्वयन गर्ने बताए । ‘सदस्यता शुद्धीकरणमा हामीलाई प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ’ संयोजक घिमिरेले भने, ‘हामीले क्रियाशील पत्रकारको मात्र सदस्यता कायम राख्ने गरी सुझाव दिन्छौं ।’
पत्रकारितामा योगदान गर्ने सदस्यहरूलाई मानार्थसहित सम्मान र पत्रकारिता नगर्नेलाई ससम्मान बिदाइ गरिनेछ । हाल ८५ जना सदस्य रहेको गुल्मी शाखामा कार्यदलले क्रियाशील पत्रकारको सदस्यता मात्र कायम राख्ने निर्णय सहितको सिफारिस प्रतिवेदन कार्यदलले तयार गरेको छ । जस अनुसार गुल्मी शाखामा मात्र २६ जना सदस्य रहने छन् ।
———————————————————————————————————————————————————————-
यस्तो छ शुद्धिकरण मापदण्ड: नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’
सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठन भएको महासचिव रोसन पुरी संयोजक र पूर्वमहासचिव उजीर मगर, पूर्वसचिव धर्मेन्द्र कर्ण र रामप्रसाद दाहाल सदस्यरहेको शुद्धीकरण समितिको निर्णय, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनको सुझाव र परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अन्तिमरुप दिइएको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरौँ ।
१. वैशाख २५ गतेसम्म केन्द्रीय समितिले सबै सदस्यको विवरण आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटरलगायतबाट सार्वजनिक गर्ने, प्रदेश समितिले मातहतका सदस्यको नाम आफ्नो वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने, शाखा समिति तथा एसोसिएट संस्थाले वेभसाइट वा आफ्नो सामाजिक सञ्जालमार्फत् सदस्यता विवरण सार्वजनिक गर्ने । शुद्धीकरणका लागि प्रदेश समितिले महासचिव अनिवार्य रहेको समिति तत्काल गठन गरेर सम्पर्क नम्बरसहितको विवरण केन्द्रीय समितिलाई उपलब्ध गराउने । शाखा समितिले पनि आवश्यक समिति निर्माण गर्न सक्नेछन् ।
२. सार्वजनिक भएका साधारण सदस्यले कुन सञ्चारमाध्यममा र कहिलेदेखि (विगतमा काम गरेको र अहिले काम गरिरहेको संस्थाको नामसमेत) काम गरिरहेको भन्ने विवरण शाखा समितिले जेठ २५ गतेसम्म प्रदेश समितिमा पठाउने र प्रदेश समितिले उपलब्ध विवरण अध्यावधिक गरेर जेठ ३० गतेसम्म केन्द्रीय कार्यालयमा पठाउने । नवीकरणका हकमा महासंघको विधानको दफा ५ को उप–दफा (६) अनुसार व्यक्तिगत विवरण एक पटकका लागि (काम गरिरहेको विवरण खुल्ने कागजातहरु जस्तै, नियुक्तिपत्र वा परिचयपत्र वा संस्थागत कर्मचारी विवरणसहितका कागजात) शाखामा अनिवार्य उपलब्ध गराउने । त्यसरी प्राप्त फोटोसहितको पूर्ण डिजिटल विवरण (आवश्यक कागजातसहित) शाखाले एक–एक प्रति प्रदेश र केन्द्रीय कार्यालयलाई उपलब्ध गराउने ।
३. उपलब्ध नाम तथा काममा चित्त नबुझेमा उजुरी गर्नका लागि असार १० गतेसम्मको समय निर्धारण गरिएको छ । प्राप्त उजुरी उपर प्रदेश समितिले बनाएको समितिले आवश्यक छानवीन गरेर केन्द्रीय कार्यालयलाई असार २५ गतेसम्म जानकारी गराउने । केन्द्रमा प्राप्त सबै नाममध्ये विवादित नामका सन्दर्भमा शुद्धीकरण समितिको कार्यविधिअनुसार तत्काल टुंगो लगाउने ।
४.नयाँ सदस्यको हकमा हरेक शाखा समितिले जेठ १० गतेसम्म आवेदन लिने, आवेदनका क्रममा कहिलेदेखि कुन मिडियामा काम गरेको भन्ने प्रष्ट खुल्ने कागजात संकलन गर्ने र विधानको व्यवस्थाको पूर्ण कार्यान्वयन गरेर व्यक्तिगत फाइल नै खडा गर्ने । नयाँ सदस्यताको आवेदन उपर शाखा समितिले निर्णय लिएर प्रदेश समितिमा सिफारिस गर्ने तथा प्रदेश समितिले उक्त नामका सन्दर्भमा विवरणसहित सार्वजनिक गर्ने र जेठ २५ गतेसम्म उजुरी आव्हान गर्ने । प्रदेश समितिले असार १ गतेसम्म नयाँ सदस्यता स्वीकृति गरी अभिलेखका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने ।
५. सदस्य नवीकरण र नयाँ सदस्यता सिफारिसका सन्दर्भमा शाखा समितिले सर्वसम्मत सिफारिस गरेका हकमा प्रदेश समितिले यहीँ मापदण्डका आधारमा निर्णय गरेर केन्द्रीय कार्यलयमा अभिलेखिकरणका लागि पठाउने । शाखाको कार्यसमितिमा विवाद भएको वा सर्वसम्मत नभएकाको वा उजुरी परेकाको हकमा प्रदेश समितिले उत्पन्न विवाद यही मापदण्डका आधारमा टुंगो लगाउने । तर, त्यसरी प्रदेश समितिमा पनि सर्वसम्मतरूपमा निर्णय हुन नसकेकाको हकमा भने शुद्धीकरण समितिले आफ्नो कार्यविधिअनुसार अन्तिम टुंगो लगाउने ।
६. प्रतिष्ठान प्रदेश अन्तरगतका शाखामा विधानअनुसारको संख्या नपुगेमा शाखा मर्जर गर्ने वा सदस्यलाई आफू खुसी जान चाहेको शाखामा स्थानान्त्रणका लागि समय दिने वा खारेजीका लागि प्रदेश समितिले केन्द्रमा सिफारिस गर्ने र शुद्धीकरण समितिले सो सिफारिस र विधानको व्यवस्थाअनुसार शाखा कायम राख्न संख्या नपुगेकाको हकमा आवश्यक निर्णय लिने ।
७. विधानको दफा ५(६) मा सदस्यता नवीकरणका लागि पत्रकारितामा निरन्तर संलग्न रहेको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेकाले सदस्य नवीकरण गर्दा पत्रकारिता क्षेत्रमा ३ वर्ष वा त्योभन्दा धेरै समयदेखि क्रियाशील नभएका व्यक्तिहरूलाई स–सम्मान बिदाई गर्ने र आवश्यक परेको अवस्थामा मानार्थ सदस्यतामा रूपान्तरण गर्न शाखा समितिले आवश्यक निर्णय लिने । उक्त निर्णयलाई प्रदेश समितिले अनुमोदन गरेर केन्द्रीय समितिमा पठाउने ।
८. विधानको दफा ३२ (२) मा महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने व्यवस्था गरिएकाले महासंघका केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिका पदाधिकारी तथा सदस्यहरू राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेको पाइएमा सदस्यता नवीकरण नगर्ने । राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला र गाउँपालिका स्तरसम्मका सबै समितिका पदाधिकारीलाई सदस्यता पनि नदिने र नवीकरण पनि नगर्ने । प्रेस हेर्ने विभाग वा प्रेस सम्बद्ध संघसंस्थाका हकमा भने यो व्यवस्था लागू हुने छैन ।
९. मिडिया हाउसको व्यवस्थापक, बजार प्रतिनिधि, प्रशासनमा काम गर्नेहरूको हकमा सदस्यता नवीकरण नगर्ने र नयाँ सदस्यता पनि नदिने नीति पूर्णरूपमा लागू गर्ने ।
१०.जनप्रतिनिधि, निजामती स्थायी कर्मचारी (सेना, निजामति, प्रहरी, गुप्तचर, सुरक्षाकर्मीसमेत), अस्थायी, करार, सेवा आयोगहरू मार्फतका सरकारी कर्मचारी, मिडिया संस्थानबाहेकका संस्थानमा कार्यरत कर्मचारी, सरकारी कार्यालयमा करार कर्मचारीको हकमा नयाँ सदस्यता पनि नदिने र सदस्य कायम रहेको अवस्थामा नवीकरण नगर्ने । सरकारी तथा गैरसरकारी क्षेत्र, बित्तिय (सहकारी, बैंक, फाइनान्स) मा पूर्णकालीन जुनसुकै पेशामा आवद्ध भएको वा मुख्य पेशा, व्यवसाय अन्य बनाएर कहिले काहीँमात्रै पत्रकारिता गर्नेको हकमा पनि नयाँ सदस्यता प्रदान नगर्ने तथा नवीकरण नगर्ने ।
११.एसोसिएट संस्थाको हकमा जेठ मसान्तसम्म संस्था दर्ता, नवीकरणलगायतका अध्यावधिक विवरण (गत असार मसान्तसम्मको) प्रदेश समिति र केन्द्रीय कार्यालयमा उपलब्ध गराउने । संस्था दर्ता तथा नवीकरणलगायतका कागजात अद्यावधिक नगर्ने संस्थालाई विधानको दफा ५ अनुसार आवद्धता सदस्यता प्रदान नगर्ने र साधारण सदस्यताका सम्बन्धमा शुद्धीकरण समितिले एसोसिएट प्रदेशको समन्वयमा आफ्नो मापदण्डमा रहेर आवश्यक निर्णय लिने । एसोसिएट संस्थाले महासंघको सदस्यता कायम गर्नका लागि महासंघको विधानअनुसारका योग्यता पुगेका व्यक्तिलाई मात्रै सदस्यता दिने व्यवस्था मिलाउने ।
१२. केन्द्रीय साधारणसभाको अधिकारसहित म्याण्डेट, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनअनुसार साउन १ गतेसम्म शुद्धीकरण समितिले दिएको प्रतिवेदन अनुसार केन्द्रीय समितिले सदस्यता सम्बन्धि विवरणलाई सूचीकरण गर्ने । विधानको दफा ५ को उप–दफा (८) अनुसार साउन १ गतेसम्म कायम सदस्यले मात्रै आउँदो महासंघको चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने ।
१३. विभिन्न पेशा व्यवसायमा आवद्ध भएर पनि पत्रकारिता क्षेत्रमा आंशिक क्रियाशील भएका व्यक्तिलाई स्वघोषणा गरेर सक्रिय सदस्यता त्याग्नका लागि शाखा समितिले सुरुवातमै आव्हान गर्ने । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित शाखाले विदाइ गर्ने र आवश्यकताका आधारमा मानार्थ सदस्यता प्रदान गर्ने ।
१४. पत्रकारिता बाहेकको अन्य कामका लागि विदेश गएका महासंघका सदस्यको हकमा ६ महिना भन्दा धेरै समय विदेशमा रहेको अवस्थामा सदस्यता निलम्वन गर्ने प्रावधानलाई लागू गरिनेछ । तर, वैदेशिक शाखा नियमावलीअनुसार महासंघका वैदेशिक शाखा र आवद्ध संस्थामा सदस्यता सार्नसक्ने प्रबन्ध मिलाउने । त्यसैगरी सदस्यता स्थानान्तरण गर्दा महासंघका अन्य सदस्य समान पत्रकारिताको क्रियाशीलताको प्रमाण पेश गर्नुपर्नेछ । नयाँ सदस्यताको हकमा विधानअनुसारको मापदण्ड लागू हुने ।
१५. महासंघको यो शुद्धीकरण अभियानलाई कार्यान्वयन गर्ने कम्तिमा १० वटा शाखा र उत्कृष्ट प्रदेश समितिलाई केन्द्रीय महाधिवेशनमा सम्मान गरिनेछ । तोकिएको समायावधिभित्र तोकिएका समितिहरूले काम सम्पन्न नगरेमा शुद्धीकरण समितिले आफ्नो कार्यविधिमा रहेर काम टुंगो लगाउने ।
कस्तो देखिन्छ, सदस्यको पत्रकारिता
क्र. स. | नाम | अवस्था | |
1 | कर्णबहादुर कार्की | पत्रकारितामा निष्क्रिय | |
2 | मदन पौडेल | पत्रकारितामा निष्क्रिय | |
3 | शशी पौडेल | पत्रकारितामा निष्क्रिय | |
4 | ऋषिराम भुषाल | पत्रकारितामा निष्क्रिय | |
5 | हरि ज्ञवाली | प्राचार्य, स्मृती बोर्डिङ स्कुल बुटवल | |
6 | हरि लम्साल | पत्रकारितामा निष्क्रिय, मुख्य पेशा उद्योग | |
7 | मित्रबहादुर शाक्य | पत्रकारितामा निष्क्रिय | |
8 | सिद्धिचरण भट्टराई | पत्रकारितामा निष्क्रिय (कोषाध्यक्ष, लुम्बिनी विकास कोष , नेकपा एसका केन्द्रीय सदस्य) | |
9 | तिलक आचार्य | पत्रकारितामा निष्क्रिय, रजिष्ट्रार, लुम्बिनी बौद्ध विश्वविद्यालय | |
10 | चतुर्भुज आत्रेय | पत्रकारितामा निष्क्रिय | |
11 | दिलीप भट्टराई | पत्रकारितामा निष्क्रिय | |
12 | विनोद पहाडी | प्रदेशसभा सदस्य उम्मेदवार (केन्द्रीय सदस्य माओवादी केन्द्र) | |
13 | नारायण सापकोटा | पत्रकारितामा निष्क्रिय | |
14 | बालकृष्ण चापागाइँ | पत्रकारितामा सक्रिय | |
15 | प्रेम सुबेदी | पत्रकारितामा निष्क्रिय, पोलिटब्यूरो सदस्य नेकपा क्रान्तिकारी माओवादी | |
16 | दिल साहनी | लेखक, स्तम्भकार, मुख्य पेशा कानून तथा प्राध्यापन | |
17 | हरिष ढकाल | पत्रकारितामा सक्रिय | |
18 | गुरुदत्त ज्ञवाली | पत्रकारितामा निष्क्रिय | |
19 | अर्जुन ज्ञवाली | लेखक, स्तम्भकार | |
20 | माधव ढुंगाना | पत्रकारितामा सक्रिय | |
21 | शम्भु पन्त | पत्रकारितामा सक्रिय | |
22 | कुलमणि ज्ञवाली | पत्रकारितामा सक्रिय | |
23 | छविलाल पाण्डे | पत्रकारितामा सक्रिय | |
24 | सुमन अधिकारी | पत्रकारितामा सक्रिय | |
25 | दिपक ज्ञवाली | पत्रकारितामा सक्रिय | |
26 | माधव ढुंगाना | पत्रकारितामा सक्रिय | |
27 | खिमानन्द भट्टराई | पत्रकारितामा सक्रिय | |
28 | यमलाल भुषाल | पत्रकारितामा सक्रिय | |
29 | डोलाराम घिमिरे | प्रदेश प्रचार विभाग प्रमुख, नेकपा एमाले लुम्बिनी प्रदेश | |
30 | गिरी श्रीस | स्वेच्छिक त्याग | |
31 | रामराज पोख्रेल | प्रवन्ध निर्देशक, इन्टेलेक्चयुअल बोर्डिङ स्कुल बुटवल तथा अध्यक्ष, सहकारी | |
32 | माया गौतम | महिला स्वास्थ्य स्वयंसेविका | |
33 | दुर्गा पौडेल | लेखक, स्तम्भकार | |
34 | शम्भुप्रसाद शर्मा | पत्रकारितामा निष्क्रिय | |
35 | नारायण ज्ञवाली | पत्रकारितामा निष्क्रिय | |
36 | प्रेमबहादुर बस्नेत | प्रध्यानाध्यापक, नवीन औद्योगिक कद्दरबहादुर रीता रायमाझी माध्यमिक विद्यालय | |
37 | भरत के.सी. | पत्रकारितामा सक्रिय | |
38 | चेतन पन्त | पत्रकारितामा निष्क्रिय | |
39 | जीवनारायण अधिकारी | प्राध्यापक, त्रिभुवन विश्वविद्यालय | |
40 | शेरबहादुर के.सी. | प्रदेश कमिटी सदस्य, नेकपा एमाले लुम्बिनी प्रदेश | |
41 | दिपक विक | पत्रकारितामा निष्क्रिय, मुख्य पेशा व्यवसाय | |
42 | महेन्द्र थापा | लेखक, स्तम्भकार | |
43 | राजु पौड्याल | पत्रकारितामा निष्क्रिय | |
44 | दिपेन्द्र कुँवर | रुपन्देही कार्यक्षेत्र बाहिर | |
45 | युवराज पाण्डे | पत्रकारितामा सक्रिय | |
46 | रामकृष्ण भण्डारी | रुपन्देही कार्यक्षेत्र बाहिर | |
47 | विष्णुप्रसाद घिमिरे | पत्रकारितामा सक्रिय | |
48 | भवानीप्रसाद पाण्डे | पत्रकारितामा सक्रिय | |
49 | यानेन्द्र जी.सी. | पत्रकारितामा सक्रिय | |
50 | अरुण ज्ञवाली | पत्रकारितामा निष्क्रिय | |
51 | रवि पन्त | पत्रकारितामा निष्क्रिय | |
52 | भरतराज भुषाल | पत्रकारिता निष्क्रिय, अध्यक्ष सहकारी | |
53 | शोभाकान्त रेग्मी | पत्रकारितामा निष्क्रिय | |
54 | दिनेश पाण्डे | प्रदेश कमिटी सदस्य, नेकपा एमाले लुम्बिनी प्रदेश | |
55 | शारदा मल्ल | पत्रकारितामा सक्रिय | |
56 | टिपि भूषाल जिज्ञासु | रुपन्देही कार्यक्षेत्र बाहिर | |
57 | इन्दिरा अर्याल | शिक्षक, सामुदायिक विद्यालय | |
58 | हरिशुन्दर बासी | स्वेच्छिक त्याग | |
59 | प्रदीप आचार्य | पत्रकारितामा सक्रिय | |
60 | मुक्तिनाथ गैह्रे | प्राध्यापक, राममणि बहुमुखी क्याम्पस | |
61 | विश्वास ढकाल | पत्रकारितामा सक्रिय | |
62 | गोविन्दबन्धु अर्याल | पत्रकारितामा निष्क्रिय | |
63 | लक्ष्मण पौडेल | पत्रकारितामा सक्रिय | |
64 | अमृत गिरी | पत्रकारितामा सक्रिय | |
65 | रामप्रसाद आचार्य | पत्रकारितामा सक्रिय | |
66 | झविन्द्र देवकोटा | पत्रकारितामा सक्रिय | |
67 | भुवन कार्की | पत्रकारितामा सक्रिय | |
68 | सुकई कोहार | पत्रकारितामा निष्क्रिय | |
69 | भीमप्रसाद गुरुङ | पत्रकारितामा निष्क्रिय | |
70 | लोकबहादुर थापा (लोकनेश ढेंगा) | पत्रकारितामा निष्क्रिय | |
71 | यमबहादुर राना | पत्रकारितामा निष्क्रिय, इन्चार्ज, देवदह नगर कमिटी नेकपा एमाले | |
72 | ओमप्रसाद पंगेनी | मुख्य पेशा कानून, अधिवक्ता | |
73 | रमेश पोखरेल | पत्रकारितामा निष्क्रिय | |
74 | होमबहादुर पछाई (दिपेश) | पत्रकारितामा सक्रिय | |
75 | शारदा गैरे | रुपन्देही कार्यक्षेत्र बाहिर | |
76 | तिलोचन दाहाल | पत्रकारितामा सक्रिय | |
77 | नारायण पौड्याल | पत्रकारितामा निष्क्रिय | |
78 | बसन्तराज खनाल | प्राध्यापक, त्रिभुवन विश्वविद्यालय | |
79 | विक्रम खड्का | पत्रकारितामा सक्रिय | |
80 | कृष्ण मल्ल | पत्रकारितामा सक्रिय | |
81 | नारायण शर्मा | पत्रकारितामा निष्क्रिय, मुख्य पेशा गायन | |
82 | अमृता अनमोल (पाण्डेय) | प्रचार प्रमुख, मदन भण्डारी स्र्पोटर्स एकेडेमी | |
83 | खेमराज आत्रेय | पत्रकारितामा निष्क्रिय | |
84 | प्रकाश पाण्डेय | पत्रकारितामा सक्रिय | |
85 | भीष्मराज पन्थी | कर्मचारी, सिद्धार्थनगर नगरपालिका | |
86 | रेखा भुसाल | पत्रकारितामा सक्रिय | |
87 | दीवाकर पन्थी | शिक्षक, निजी विद्यालय | |
88 | शंकरप्रसाद पाण्डे | पत्रकारितामा सक्रिय | |
89 | प्रहलाद यादव |
|
|
90 | वीरेन्द्रकुमार मिश्र | पत्रकारितामा निष्क्रिय | |
91 | राजकुमार धवल | पत्रकारितामा सक्रिय | |
92 | श्यामप्रसाद बस्याल | मुख्य पेशा व्यवसाय | |
93 | कोमबहादुर गुरुङ | पत्रकारितामा सक्रिय | |
94 | टोपराज शर्मा | पत्रकारितामा सक्रिय | |
95 | बेलप्रसाद गौतम | पत्रकारितामा सक्रिय | |
96 | सुरज भण्डारी | रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश) | |
97 | रामेश्वर भट्ट | पत्रकारितामा निष्क्रिय | |
98 | जीवलाल सापकोटा | प्राध्यापक, त्रिभुवन विश्वविद्यालय | |
99 | श्यामलाल पोखरेल | पत्रकारितामा सक्रिय | |
100 | दामोदर खनाल | पत्रकारितामा सक्रिय | |
101 | सन्जयकुमार गुप्ता | पत्रकारितामा निष्क्रिय | |
102 | कल्पना शर्मा | पत्रकारितामा सक्रिय | |
103 | बैकुण्ठ पाण्डे | प्राध्यापक, त्रिभुवन विश्वविद्यालय | |
104 | पुष्पा खनाल | पत्रकारितामा सक्रिय | |
105 | उषा कँडेल भुसाल | रुपन्देही कार्यक्षेत्र बाहिर | |
106 | गोम बहादुर कुँवर | पत्रकारितामा निष्क्रिय, मुख्य पेशा व्यवसाय | |
107 | रामविकास चौधरी | पत्रकारितामा सक्रिय | |
108 | निर्मल ढुंगाना | शिक्षक, सामुदायिक विद्यालय | |
109 | भरत पाण्डे | मुख्य पेशा व्यवसाय | |
110 | लोकबहादुर गुरुङ | रुपन्देही कार्यक्षेत्र बाहिर | |
111 | स्वस्तिक श्रेष्ठ | पत्रकारितामा सक्रिय | |
112 | विनोद परियार | प्रेस कन्सल्टेन्ट (नासु, लुम्बिनी विकास कोष) | |
113 | निरा (निरु) गौतम | पत्रकारितामा सक्रिय | |
114 | कान्ति चुदाली | स्वेच्छिक त्याग | |
115 | सन्जय सौगात विश्वकर्मा | मुख्य पेशा व्यवसाय | |
116 | प्रवीणकुमार गाहामगर | पत्रकारितामा निष्क्रिय | |
117 | कविन्द्र नेपाल | पत्रकारितामा सक्रिय | |
118 | विष्णुप्रसाद यादव | पत्रकारितामा निष्क्रिय | |
119 | दीपक गलामी | शिक्षक, सामुदायिक विद्यालय | |
120 | कपिल ज्ञवाली | सचिव, मानव अधिकार तथा शान्ति समाज रुपन्देही | |
121 | चन्द्रप्रकाश सीपी खनाल | बुटवल उपमहानगरपालिकाको प्रेस सल्लाहकार | |
122 | प्रकाश गौतम | पत्रकारितामा सक्रिय | |
123 | शान्ति विश्वकर्मा | पत्रकारितामा निष्क्रिय | |
124 | तेजेन्द्र केसी | पत्रकारितामा सक्रिय | |
125 | भगवती पाण्डे | पत्रकारितामा सक्रिय | |
126 | लक्ष्मण पोखरेल | स्थायी कर्मचारी, लुम्बिनी बौद्ध विश्वविद्यालय | |
127 | सरु राना | पत्रकारितामा निष्क्रिय | |
128 | रीता खरेल | शिक्षक, सामुदायिक विद्यालय | |
129 | राजनप्रसाद पन्थी | शिक्षक, सामुदायिक विद्यालय | |
130 | केशव भण्डारी | पत्रकारितामा सक्रिय | |
131 | दीपक गलामी | पत्रकारितामा सक्रिय | |
132 | मीना ढकाल | केन्द्रीय सचिव, मानव अधिकार तथा शान्ति समाज | |
133 | अर्जुन काफ्ले | रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश) | |
134 | दिनेश खड्का | शिक्षक, सामुदायिक विद्यालय | |
135 | भरत प्रधान | रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश) | |
136 | डिल्लीनारायण पाण्डे | पत्रकारितामा निष्क्रिय | |
137 | रुद्रहरि कुँवर | कर्मचारी, लुम्बिनी प्रदेशसभा | |
138 | श्यामशंकर पाण्डे | पत्रकारितामा सक्रिय | |
139 | चन्द्रकान्त खनाल | पत्रकारितामा सक्रिय | |
140 | प्रकाश आचार्य | पत्रकारितामा सक्रिय | |
141 | इन्दिरा भण्डारी | पत्रकारितामा निष्क्रिय | |
142 | सीता विक | रुपन्देही कार्यक्षेत्र बाहिर | |
143 | उषा केसी | पत्रकारितामा निष्क्रिय | |
144 | रेनुका गिरी | रुपन्देही कार्यक्षेत्र बाहिर | |
145 | गोविन्दबहादुर घर्ती | पत्रकारितामा सक्रिय | |
146 | सुदीप भण्डारी | पत्रकारितामा सक्रिय | |
147 | नवराज अधिकारी | पत्रकारितामा निष्क्रिय | |
148 | यमकला न्यौपाने | पत्रकारितामा निष्क्रिय | |
149 | किस्मती चौधरी | पत्रकारितामा निष्क्रिय | |
150 | दीपक न्यौपाने | पत्रकारितामा सक्रिय | |
151 | माया केसी | पत्रकारितामा सक्रिय | |
152 | नरेश केसी | प्रचार विभाग सचिव, नेकपा एमाले रुपन्देही | |
153 | कमल रायमाझी | पत्रकारितामा सक्रिय | |
154 | ऋषि (आजद) आचार्य | लेखक, स्तम्भकार | |
155 | खेमराज रेग्मी | पत्रकारितामा सक्रिय | |
156 | कविराज (कपिल) अधिकारी | कर्मचारी, लुम्बिनी प्रदेशसभा | |
157 | सुमनरश्मी श्रेष्ठ | पत्रकारितामा सक्रिय | |
158 | रमेश अर्याल | पत्रकारितामा सक्रिय | |
159 | दीपेन्द्र पोखरेल | मुख्य पेशा चिकित्सक | |
160 | कृष्णप्रसाद खनाल | पत्रकारितामा सक्रिय | |
161 | चण्डीप्रसाद बस्याल | पत्रकारितामा सक्रिय | |
162 | पूर्णप्रसाद पौडेल | मुख्य पेशा व्यवसाय | |
163 | राधेश्याम विश्वकर्मा | पत्रकारितामा सक्रिय | |
164 | भरत अधिकारी | शिक्षक, सामुदायिक विद्यालय | |
165 | कमला चौधरी | पत्रकारितामा निष्क्रिय | |
166 | सावित्री रसाइली | रुपन्देही बाहिर | |
167 | मनिकर कार्की | केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी | |
168 | खेमकुमारी (दिपु) पोखरेल | पत्रकारितामा सक्रिय | |
169 | राजाराम (राज) चौधरी | पत्रकारितामा निष्क्रिय | |
170 | युवराज कँडेल | शिक्षक, सामुदायिक विद्यालय | |
171 | ज्ञानु केसी | मुख्य पेशा कानून (अधिवक्ता) | |
172 | भोला बानियाँ | पत्रकारितामा निष्क्रिय | |
173 | विकास पराजुली | पत्रकारितामा सक्रिय | |
174 | बसन्ती (छाँया) आचार्य | पत्रकारितामा सक्रिय | |
175 | विवेककुमार विश्वकर्मा | प्रेस सल्लाहकार ओमसतिया गाउँपालिका | |
176 | खिनु गुरुङ | पत्रकारितामा निष्क्रिय | |
177 | चित्रबहादुर सुनारी | मुख्य पेशा व्यवसाय | |
178 | कमलप्रसाद न्यौपाने | पत्रकारितामा निष्क्रिय | |
179 | रिमा विसी | गैरसरकारी संस्था, इन्सेक प्रतिनिधि | |
180 | बाबुराम ज्ञवाली | पत्रकारितामा निष्क्रिय | |
181 | गुनाराम घिमिरे | कर्मचारी, प्रदेश प्रमुख कार्यालय, लुम्बिनी प्रदेश | |
182 | कल्पना तिवारी | रेडियो मुक्ति व्यवस्थापक | |
183 | खिमराज श्रेष्ठ | मुख्य पेशा व्यवसाय | |
184 | रामबहादुर गुरुङ | शिक्षक, निजी विद्यालय | |
185 | भुवन पाण्डे | पत्रकारितामा सक्रिय | |
186 | सन्जु पौडेल | पत्रकारितामा सक्रिय | |
187 | बाबुराम भुसाल | पत्रकारितामा सक्रिय | |
188 | माधव भुसाल | पत्रकारितामा निष्क्रिय | |
189 | तुल्सीराम पौडेल | पत्रकारितामा सक्रिय | |
190 | वीरेन्द्र कुँवर | पत्रिका बजार व्यवस्थापक, खस्यौली साप्ताहिक | |
191 | समीर सफीक मोहम्मद खान | प्राचार्य, निजी विद्यालय | |
192 | मानबहादुर कुँवर | पत्रकारितामा निष्क्रिय, मुख्य पेशा व्यवसाय | |
193 | माधव गौतम | मुख्य पेशा व्यवसाय (पुस्तक) | |
194 | पार्वती न्यौपाने | पत्रकारितामा निष्क्रिय | |
195 | मोती (मोहन ) न्यौपाने | कर्मचारी, तिलोत्तमा नगरपालिका | |
196 | सुमित्रा चापागाइँ | पत्रकारितामा सक्रिय | |
197 | सुमा डुम्रे | पत्रकारितामा निष्क्रिय | |
198 | कमला अर्याल | पत्रकारितामा निष्क्रिय | |
199 | टकबहादुर सुनार | कर्मचारी, मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेश | |
200 | विष्णुप्रसाद ज्ञवाली | पत्रकारितामा निष्क्रिय | |
201 | टीकाराम घिमिरे | पत्रकारितामा सक्रिय | |
202 | सपना तामाङ | पत्रकारितामा निष्क्रिय | |
203 | सिर्जना भट्टराई | पत्रकारितामा सक्रिय | |
204 | अर्जुन ज्ञवाली | शाखा प्रवन्धक, बैंक | |
205 | विजय पाण्डे | मुख्य पेशा उद्योग, व्यवसाय | |
206 | निरुकुमारी थापा | पत्रकारितामा सक्रिय | |
207 | मीना पाण्डे | पत्रकारितामा सक्रिय | |
208 | सलमान खान | प्रेस सल्लाहका (कर्मचारी) सिद्धार्थनगर नगरपालिका | |
209 | आविष्कार खनाल | कर्मचारी, बैंक तथा वित्तीय क्षेत्र | |
210 | सुजिता श्रेष्ठ | पत्रकारितामा सक्रिय | |
211 | कल्पना घिमिरे | पत्रकारितामा निष्क्रिय | |
212 | रेखा राना | रुपन्देही कायक्षेत्र बाहिर (विदेश) | |
213 | हरिकला अधिकारी | जिल्ला कमिटी सदस्य, नेपाली काँग्रेस रुपन्देही | |
214 | विजय पोखरेल | कर्मचारी, लुम्बिनी प्रदेशसभा | |
215 | सावित्रा अर्याल | पत्रकारितामा सक्रिय | |
216 | विष्णु खत्री | पत्रकारितामा सक्रिय | |
217 | गणेश पोखरेल | शिक्षक, सामुदायिक विद्यालय | |
218 | ऋषि न्यौपाने | मुख्य पेशा व्यवसाय (कन्सल्टेन्सी) | |
219 | विन्दु थापा | रुपन्देही कार्यक्षेत्र बाहिर | |
220 | गोरखप्रसाद थारु | मुख्य पेशा व्यवसाय | |
221 | मोहम्मद हबिब | पत्रकारितामा सक्रिय | |
222 | शिवकुमार चौधरी | मुख्य पेशा व्यवसाय | |
223 | सुनीता चुदाली | पत्रकारितामा निष्क्रिय, कम्प्युटर अपरेटर | |
224 | मिना पौडेल | पत्रकारितामा निष्क्रिय | |
225 | थानेश्वर घिमिरे | पत्रकारितामा सक्रिय | |
226 | नवराज कुँवर | सदस्य, केन्द्रीय विज्ञान तथा प्रविधि विभाग, नेकपा एमाले | |
227 | सूर्यबहादुर राना | प्राध्यापक, त्रिभुवन विश्वविद्यालय | |
228 | राजेन्द्रजंग रायमाझी | पत्रकारितामा सक्रिय | |
229 | भुवन जीसी | पत्रकारितामा निष्क्रिय,प्रबन्ध निर्देशक साझा टिभी | |
230 | शशि परियार | पत्रकारितामा निष्क्रिय | |
231 | प्रदीप आचार्य | पत्रकारितामा सक्रिय | |
232 | विकास गौतम | प्रवन्धक, इन्स्योरेन्स कम्पनी | |
233 | आरती गौतम परियार | पत्रकारितामा निष्क्रिय | |
234 | पुनहरि बेल्वासे | पत्रकारितामा सक्रिय | |
235 | माधवराज न्यौपाने | पत्रकारितामा सक्रिय | |
236 | देवीराम बन्जाडे | स्वेच्छिक त्याग | |
237 | फुलमाया सुनार | पत्रकारितामा सक्रिय | |
238 | हरिप्रसाद पाण्डेय | पत्रकारितामा निष्क्रिय | |
239 | शंकरप्रसाद गौतम | प्राचार्य, निजी विद्यालय | |
240 | सरिना मरासिनी | पत्रकारितामा सक्रिय | |
241 | पोषकान्त पोखरेल | पत्रकारितामा सक्रिय | |
242 | प्रकाश न्यौपाने | पत्रकारितामा सक्रिय | |
243 | जानकी थापा | पत्रकारितामा निष्क्रिय | |
244 | प्रदीप जीसी | मुख्य पेशा व्यवसाय (होटल) | |
245 | अमृत पाण्डेय | नेपाली काग्रेस कालिगण्डकि गाउपालिका स्याङ्जा क्षेत्रिय प्रतिनिधि | |
246 | उषादेवी पन्थ | पत्रिका बजार प्रवन्धक | |
247 | कमलसिंह थारु | पत्रकारितामा निष्क्रिय | |
248 | सनु थापा | पत्रकारितामा निष्क्रिय | |
249 | खोमा तरामु | लेखक, स्तम्भकार (राजनितिज्ञ) | |
250 | प्रकाश डुम्रे | पत्रकारितामा निष्क्रिय | |
251 | शिव डुम्रे | समानुपातिक उम्मेदवार, संघीय सांसद रास्वपा | |
252 | रन्जु काफ्ले | रुपन्देही कार्यक्षेत्र बाहिर | |
253 | छवि ज्ञवाली | शिक्षक, सामुदायिक विद्यालय | |
254 | शेरबहादुर थापा | पत्रकारितामा निष्क्रिय | |
255 | नवसुजित भण्डारी | मुख्य पेशा इन्जिनियर | |
256 | योगिन्द्र पुर्विया थारु | पत्रकारितामा निष्क्रिय | |
257 | मनिराम पन्थ | मुख्य पेशा फिल्म निर्देशक | |
258 | राजकुमार यादव | पत्रकारितामा निष्क्रिय | |
259 | प्रतिमा गौतम | पत्रकारितामा सक्रिय | |
260 | जोगबहादुर सूर्यवंशी | शिक्षक, सामुदायिक विद्यालय, अध्यक्ष सामुदायिक खानेपानी | |
261 | दिनेशकुमार श्रेष्ठ | पत्रकारितामा सक्रिय | |
262 | मोहनलाल ठाकुर | मुख्य पेशा व्यवसाय | |
263 | मञ्जु टण्डन | पत्रकारितामा निष्क्रिय | |
264 | रविन्द्रप्रताप गुप्ता | प्रेस सल्लाहकार, रोहिणी गाउँपालिका | |
265 | सीता बराल | मुख्य पेशा व्यवसाय | |
266 | मुक्ति सुबेदी | पत्रकारितामा निष्क्रिय (विदेश) | |
267 | इश्वरी ज्ञवाली | पत्रकारितामा सक्रिय | |
268 | घनश्याम गौतम | पत्रकारितामा सक्रिय | |
269 | तिलक सुबेदी | कर्मचारी, बुटवल उपमहानगरपालिका | |
270 | सन्तोषकुमार सुबेदी | पत्रकारितामा निष्क्रिय | |
271 | टीकाराम बस्याल | पत्रकारितामा निष्क्रिय | |
272 | हरिप्रसाद भुषाल | पत्रकारितामा सक्रिय | |
273 | ललित कुमार पाण्डे | पत्रकारितामा सक्रिय | |
274 | खेमानन्द पाठक | पत्रकारितामा सक्रिय | |
275 | टिका खराल | पत्रकारितामा सक्रिय | |
276 | पुजा पन्थी | पत्रकारितामा सक्रिय | |
277 | कृष्ण रणपाल | बजार प्रबन्धक | |
278 | कल्पना डुम्रे | पत्रकारितामा सक्रिय | |
279 | सुरेश परियार | कर्मचारी, लुम्बिनी सांस्कृतिक नगरपालिका | |
280 | इन्द्र बहादुर खत्री | पत्रकारितामा सक्रिय | |
281 | राम प्रसाद भण्डारी | पत्रकारितामा निष्क्रिय,बजार प्रबन्धक | |
282 | माधव पौडेल | पत्रकारितामा सक्रिय | |
283 | ललिता घिमिरे | पत्रकारितामा निष्क्रिय | |
284 | प्रतिक पौडेल | पत्रकारितामा सक्रिय | |
285 | ह्रदयराम गुप्ता | पत्रकारितामा सक्रिय | |
286 | सावित्री घिमिरे | पत्रकारितामा सक्रिय | |
287 | चक्रपाडि डुम्रे | पत्रकारितामा निष्क्रिय | |
288 | विमल पुरी | मन्त्री सचिवालय कर्मचारी, लुम्बिनी प्रदेश सरकार | |
289 | सुरेन्द्र परियार | रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश) | |
290 | अमृता पछिमा थारु | पत्रकारितामा सक्रिय | |
291 | विन्दु भट्टराई | पत्रकारितामा सक्रिय | |
292 | पवित्रा चौधरी | पत्रकारितामा सक्रिय | |
293 | सीमा अधिकारी | रुपन्देही कार्यक्षेत्र बाहिर (विदेश) | |
294 | पद्मा चौधरी | पत्रकारितामा सक्रिय | |
295 | नरेश चौधरी | पत्रकारितामा सक्रिय | |
296 | वसन्तराज वराल | पत्रकारितामा सक्रिय | |
297 | जीवराज चालिसे | पत्रकारितामा सक्रिय | |
298 | विष्णु प्रसाद घिमिरे | पत्रकारितामा सक्रिय | |
299 | नम्रता अर्याल | पत्रकारितामा सक्रिय | |
300 | अर्जुन भुषाल | पत्रकारितामा निष्क्रिय | |
301 | कृष्ण भण्डारी | प्रेस सल्लाहकार (कर्मचारी) सैनामैना नगरपालिका | |
302 | टेकराज भुषाल | स्ववियु चुनावमा उम्मेदवार | |
303 | शशी पन्थी | पत्रकारितामा सक्रिय | |
304 | अम्बिका दर्जी | प्रदेश कमिटी उपाध्यक्ष, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश | |
305 | डोलबहादुर सुस्लिङ | पत्रकारितामा सक्रिय | |
306 | रमेश पराजुली | पत्रकारितामा सक्रिय | |
307 | गोविन्द बस्नेत | मुख्य पेशा व्यवसाय कन्सल्टेन्सी | |
308 | मदन शर्मा | पत्रकारितामा सक्रिय | |
309 | शिवा खत्री | पत्रकारितामा निष्क्रिय | |
310 | अनिता चौधरी | पत्रकारितामा सक्रिय | |
311 | दामोदर ढुँगाना | पत्रकारितामा निष्क्रिय | |
312 | केशव पराजुली | पत्रकारितामा निष्क्रिय | |
313 | सिताराम चौधरी | पत्रकारितामा सक्रिय | |
314 | सन्तकुमार श्रेष्ठ | पत्रकारितामा सक्रिय |
315 दिपक घिमिरे प्रेस सल्लाहकार, सियारी गाउँपालिका