ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
खबर

मोटरसाईकल चोरेर ‘प्रेस’

८ जेष्ठ २०८०, सोमबार
८ जेष्ठ २०८०, सोमबार

लमही जेठ – लमहीमा चोरीगर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा राती घरभित्रै पसेर चोरीगर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ६ खाँग्रानाका घर बताउने अन्दाजी २५ बर्षिय टोपेन्द्र सिँह ठकुरीलाई शनिबार बिहान पक्राउ गरिएको हो ।
घटनाको प्रकृति हेर्दा उनी राती १ बजे गाउँ छिरेको प्रहरीको अनुमान छ । पालैपालो प्रत्येक घरमा चोरीको प्रयास गरेका छन ।
जसमध्य जानकि चौधरीको ताला फोडेर नगद ४८ हजार, निरु चौधरीको नगद २ हजार, लमही–६ मध्यनगर घर भई बनघुस्री पाहुना पर्न आएकि पुष्पा चौधरीको नगद ५ हजार चोरी भएको पिडितले बताएका छन ।

त्यस्तै जिउ नारायण चौधरी र रघुबिर चौधरीको ढोका र झ्याल फोडी चोर्ने प्रयास गरिएको छ । त्यस लगत्तै घरका मान्छेले थाहा पाएपछि हल्ला हुन थाल्यो । स्थानियहरु चोरको खोजीमा लागे । त्यसबेला करिब बिहान ३ बजिसकेको थियो । खोजि गर्दैगर्दा स्थानियले टाढाबाट देखे तर उनी ब्यपत्ता भए । उनको मोटरसाईकल गाउँदेखी पश्चिम सामुदायिक भवनको छेउछाउँमा फेला पर्यो । चोरीगर्ने ब्यक्ति यतै छन भन्ने थप सँका पैदा भयो । प्रहरी र स्थानियले चारैतिर खोजतलास गर्दा उनी नयाबस्तीमा पैदल भेटिएका थिए । हुलियाको आधारमा उनलाई नियन्त्रणमा लिईएको थियो । चोरी गर्ने अरु कोही नभई उनी नै थिए ।
नियन्त्रणमा लिएपछि उनले आफुलाई पत्रकार भनेर चिनाउन थाले । तर उनी दाङका कुनैपनि मिडिया तथा पत्रकार संगठनमा आबद्द नरहेको खुलेको छ । अचम्म त यो छकि उनी सवार भे ७ प २८८४ नम्बरको मोटरसाईकलको अगाडि भागमा प्रेश लेखिएको भेटिएको छ ।

प्रहरीचौकि गोझेनामा उनलाई सोधपुछ गर्दा आफु एक्लै रहेको बताए । तर स्थानियले अरु २ जना स्कुटरमा भागेको बताउछन । ठकुरीको साथमा केही भेटिएन । चोरी गरेको रकम उनले नयाबस्तीमा पक्राउ पर्नु अघिनै बाटोको किनारमा झारमा लुकाईसकेका थिए । पछि प्रहरीको दवावपछि उनले बाटोमा लुकाएको बताए । उनले लुकाएको स्थानबाट नगद ६० हजार २ सय २० रूपैया प्रहरीले बरामद गरेको छ ।
ठकुरी नियतले खराब भएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाले बताए । ‘पहिले राजपुर बासिन्दा हुन, अहिले लमही बस्नुहुन्छ वडाध्यक्ष रोकाले भने–मलाई लाग्छ उहाँहरुको यो पेशा जस्तै हो, यस्ता घटना थुप्रै छन ।’ ठकुरी चोरी गर्नेमा माहिर छन । उनका नजिकका अनुसार उनी सुनदेखी नुनसम्म पनि चोरी गर्न पछि पर्दैनन । समय सधैजसो एकैनास छैन । पहिले चोरी गरेर खुलेयाम हिड्ने गरेपनि अहिले उनी प्रहरीको फन्दामा परेका छन । घटनाबारे थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षक शंकर श्रेष्ठले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?