© २०२३
बुटवल (बुटवलटुडे , जे ठ–
गुल्मीको मदाने गाउँपालिकामा रहेको पृथ्वी माविमा शिक्षक सरुवाको बिषयलाई लिएर जेष्ठ चार गते मदाने गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दि आईतबार प्रहरीले खो ले को छ ।
तालाबन्दिका कारण गाँउपालिकाको नियमित काम कारवाहीहरू प्रभावित हुनुका साथै आर्थिक बर्षको अन्त्यहुने समय आई सकेकाले सेवा तथा खरिदको भुक्तानी, यो जना छनोट र नियमित काममा समे त प्रभाबित भएको थियो । गाउँपालिकामा सेवालिन आउने हरूले सेवा नपाएको गुनासोगरेपछी गाउँपालिकाले प्रहरी लगाएर ताला फोडे को गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालीक पन्थीले बताए । पृथ्वी माविमा माविको गणित बिषयको दरबन्दिको सट्टामा नेपाली बिषय ल्याउन लागे को भन्दै यसको बिरोधमा तालाबन्दी गरिएको थियो ।
विद्यालय प्रशासनले भने यस बारे मामाविमा गणितको दरबन्दी एउटा मात्र भएपनि बिज्ञान बिषयका दरबन्दि स्थायी र अस्थायी गरि चार वटा भएकाले बिज्ञान बिषयका शिक्षकले समेत गणित बिषय पढाउन सक्ने र माविमा एउटा मात्र नेपाली दरबन्दी भएकाले आवश्यकता बमोजिम गरेका बिद्यालयका प्रधानाध्यापक मदन कुवँरले बताए । बिगतमा पनि आवश्यकता अनुसार बिद्यालय प्रशासन र ब्यवस्थापन समितिको सहमति अनुसार सट्टा दरबन्दिमा ल्याउने गरे काले अहिले पनि सोही अनुसार निर्णय गरे र जिल्ला शिक्षा समन्वयमा पठाइ सकेपछि समन्वयले पनि सहमति दिईसके को कुवरको भनाइ छ ।
तर आन्दो लनरत पक्षले भने विद्यालय ब्यवस्थापनले गरेको निर्णय पालिकाको शिक्षा नियमावली अनुसार पालिकाको शिक्षा शाखाले अनुमोदन गरे र मात्र जिल्ला शिक्षा समन्वय ईकाइमा पठाउनु पर्नेमा त्यसो नगरि पठाएकाले तालाबन्दी गरेको जनाएको छ । आन्दोलनको अगुवाईगरे को ने कपाएमाले ले आइतबार एक बिज्ञप्ति जारी गर्दै पालिकाको सेवा प्रवाह सुचारु गर्नु भने पनि चार दिनदेखिलगाएको ताला खोल्ने बिषयमा प्रष्टधारणा बाहिर ल्याएको छैन । लामो ईतिहास बोके को यस भेगको पुरानो पृथ्वी माध्यमिक विद्यालयमा पढेका विद्यार्थीहरू नेपाल सरकारको बिभिन्न सेवा अन्तर्गत माथिल्लो तहमाकार्यरत छन् । यहि विद्यालयको उत्पादन रामकुमारी झाक्रीले नेपाल सरकारको मन्त्री समेत भैसकेकी छन् । सामान्य एउटा शिक्षक दरबन्दीको निहुँमा राजनीतिक प्रतिशोध साँधेर गाउँपालिकामा तालाबन्दी हनु चिन्ताको बिषय भएको स्थानियले बताएका छन् ।