ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

पक्लिहवा माध्यमिक विद्यालयको भवन उद्घाटन

७ जेष्ठ २०८०, आईतवार
७ जेष्ठ २०८०, आईतवार

बुटवल, जेठ । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा नवनिर्मित दुई कोठे भवनको एक समारोह बिच समुद्घाटन गरिएको छ ।
भवनको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री सन्तोषकुमार पाण्डे, पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी सुशील गुरुङ्गले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन । कार्यक्रमा बोल्दै मन्त्री पाण्डेले आफू लुम्बिनी प्रदेशभरि कै जनताको प्रतिनिधि भएको हुनाले विकास निर्माणको कार्यमा कतै पनि विभेद नगरी विकासको गतिविधिमा आफू सक्रिय रहने विचार प्रकट गरे ।
विशेषगरी आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा प्रदेश सरकारबाट आर्थिक सहयोग जुटाउने तर्फ आफू लागि पर्ने धारणा राखे ।
अध्यक्ष गुरुङ्गले विद्यालयको भौतिक क्षेत्रमा सन्तोषजनक कार्य भएको र आगामी दिनमा गुणस्तरीय शिक्षा मार्फत नमुना विद्यालय बनाउने तर्फ आफू र आफ्नो टिम लाग्ने विचार व्यक्त गरे ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष उज्ज्वल पोखरेल, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले आगामी दिनमा विद्यालयको थप उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सिद्धार्थनगर पालिका वडा नं. २ का वडा अध्यक्ष छेडीलाल श्रीवास्तव, शिक्षाप्रेमी तथा समाजसेवी लेखनाथ भट्टराई, कृष्ण खनाल, याम बहादुर थापा, जनप्रतिनिधि हरिमाया गुरुङ्ग, जनप्रतिनिधि अनिल कुमार केसी, व्यवस्थापन समितिका पुर्व अध्यक्ष मोहम्मद जहिद मुसलमान, सलुजा रामदाम, पुर्व वडाअध्यक्ष विजयनाथ धवल, दिपक पौडेल, श्याम खनाल, भविलाल पौडेल, योगेन्द्रनाथ पाण्डे, तेजेन्द्र गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लुम्विनी प्रदेश सरकारको २५ लाख, संघिय सरकारको २० लाख तथा विद्यालयको तर्पmबाट ३ लाख गरि कुल ४८ लाखमा उद्घाटन भएको सो दुई कोठे भवनको निर्माण तथा पाँच वटा पुराना कक्षा कोठाको पुननिर्माण सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?