© २०२३
काठमाडौँ ।
सरकारले नयाँ आयोजनाका पूर्व तयारी सकेपछि मात्रै बजेट विनियोजन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व तयारी सकेपछि मात्रै आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका हुन्।
सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिइने भएको छ।
आयोजना वर्गीकरण निर्देशिका बमोजिम ३ तहमा सञ्चालन हुने आयोजनाको वर्गिकरण गर्ने नीति तथा कार्यक्रममा रहेको छ।
सहज जग्गा प्राप्ती, खरिद प्रक्रियालाई सहज बनाउन नयाँ कानुन बनाउने भएको छ।