© २०२३
खजुरा ।
गर्मीयाम सुरुभएसँगै बाँकेको खजुरा क्षेत्रमा लगातार विद्युत अवरुद्ध गरिएको भन्दै स्थानीयले विद्युत प्र्रधिकरण विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिना सूचना घण्टौंसम्म विद्युतको सप्लाई बन्द गरिने र चालु रहँदा पनि पटक पटक आउने जाने गरेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
खजुरा क्षेत्रको अगुवा संस्था खजुरा क्षेत्र संरक्षण समितिले आज प्राधिकरणको खजुरा शाखा मार्फत ज्ञापन पत्र बुझाउँदै यथासिघ्र विद्युत बिना सूचना विद्युत सप्लाई अवरुद्ध नगर्न माग गरेको छ । नेपालगन्ज वितरण केन्द्रलाई सम्बोधन गरेर बुझाइएको ज्ञापनपत्र समितका अध्यक्ष प्रेम बुढाथोकीले खजुरा शाखाका प्रमुख कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।
क्षेत्र संरक्षण समितिले बुझाएको ज्ञापनपत्रमा खजुरा क्षेत्रलाई विद्युत सप्लाईमा पक्षपात गर्ने र अवहेलना गर्ने गरिएको उल्ल्ख गरिएको छ । ‘खजुरा बजारको पेडारी नाला पश्चिम क्षेत्रलाई मैनापोखराबाट विद्युत सप्लाई गर्ने गरिएदेखि लगातार अनियमितता हुने गरेको र लगातारको विद्युत अवरुद्धका कारण ४४ डिग्री बढी तापक्रममा स्थानीयले सास्ती खेप्न बाध्य हुनु परेको छ ।
भोल्टेजको गडवडीका कारण विद्युतिय उपकरणहरु सर्ट हुने, आगलागी हुने जस्ता घटनाहरु पनि हुने गरेका छन् ।’ ज्ञापन पत्रमा लेखिएको छ । ज्ञापनपत्रमा विद्युत सप्लाई अवरुद्ध भए लगत्तै खजुरा स्थित विद्युत कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलको मोबाईलको स्वीच अफ हुने, कार्यालयको ०८१५६००५२ नउठ्ने तथा विद्युत उपभोक्तालाई सूचनाबाट समेत बन्चित राख्ने गरिएको उल्लेख गरिएको छ ।
समितिले विना कारण र विना अग्रीम सूचना विद्युत सप्लाई बन्द नगर्न प्राधिकरणलाई आग्रह गर्दै अवका दिनहरुमा पनि विना सूचना र विना कारण विद्युत सप्लाई अवरुद्ध गर्ने र उपभोक्तालाई विद्युत नहुनुको कारण समेत जानकारी नदिने कार्य भएमा क्षेत्र संरक्षण समितिको अगुवाईमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । समितिका अध्यक्ष प्रेम बुढाथोकि सहितको पदाकिारीले आजै स्थानीय खजुरा गाँउपालिका पुगेर लगातारको विद्युत अवरुद्ध हुने गरेको प्रति स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी