ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य
मुख्य समाचार

केबलकारले पुर्ति गर्ला प्रदेश राजधानी सरेको क्षतिलाई ?

लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सर्दा व्यवसायीले बेहोर्नुपरेको क्षति पुर्ति गर्ने र देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न पनि उत्तिकै योगदान गर्ने विश्वास लिएको अध्यक्ष ढकालले बताए ।
४ जेष्ठ २०८०, बिहीबार
४ जेष्ठ २०८०, बिहीबार

बुटवल, ४ जेठ ।

व्यावसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी प्रदेशको पहिलो यो केबलकारको सञ्चालनले प्रदेश राजधानी बुटवलबाट दाङ सर्दा रुपन्देहीको ब्यापार व्यवसायमा परेको क्षतिलाई पुर्ति गर्नसक्ने अपेक्षा नीजि क्षेत्रको छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउंपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको लुम्बिनी केबलकार आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने यस क्षेत्रको लागि नौलो हो ।

लुम्बिनी केबलकार प्रालिका अनुसार जेठ १५ भित्र नै केबलकार सञ्चालनमा आउने छ । जेठ १२ गतेदेखि केबलकारको टप स्टेशनमा बनेको कामाख्या मन्दिरमा एक हप्तासम्म भारत गुहावटीबाट आउने पण्डितहरुबाट पुजाआजा गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

२०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा सहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

बुटवल उपमहानगरपालिका–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा केबलकारको टप स्टेशन छ ।
मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने छ ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाईमा हरेकाले १० मिनेटको यात्रामै तराई, पहाड तथा हिमालको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केबलकार सञ्चालन पछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शितलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक आकर्षित हुने विश्वास रहेको अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले बुटवल–पाल्पा क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप केबलकारमा लगानी गरेको बताए । लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सर्दा व्यवसायीले बेहोर्नुपरेको क्षति पुर्ति गर्ने र देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न पनि उत्तिकै योगदान गर्ने विश्वास लिएको अध्यक्ष ढकालले बताए ।

केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, बाल उद्यान, धार्मिक स्थल,जिपलाइन लगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले बताए ।

लुम्बिनी केबलकार र र कामाख्या मन्दिरले बुटवलमा विल्कुलै नयां धार्मिक पर्यटकीय गन्तव्य थप्ने साउदले बताए । नाट्टा लुम्बिनीकी अध्यक्ष पर्यटन व्यवसायी रचना पन्तले लुम्बिनी केबलकार संगै सिद्धार्थ केबलकार पनि सञ्चालनमा आउंदा बुटवलको व्यवसायिक प्रवद्र्धन र पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताइन् ।

‘केबलकार संचालनपछि दैनिक ५ हजार जना सेवाग्राही (पर्यटक) थपिंदा बुटवलका होटेल, रेष्टुरेन्ट लगायत सबैखाले व्यवसायमा पक्कै पनि सकारात्मक प्रभाव पर्नेछ’– पन्तले भनिन्–‘प्रदेशको राजधानी बुटवलबाट दाङ सर्दा ब्यापार व्यवसाय क्षेत्रमा परेको असर कम गरी बुटवललाई फेरि गुल्जार बनाउन केवलकार बरदान बन्न सक्छन् ।’ पर्यटकलाई एकरात बुटवलमा बास र वरपरको दृश्यावलोकन गराउने एकीकृत योजना पर्यटन व्यवसायीले बनाउनुपर्ने उनले बताइन् ।

समृद्ध बुटवल र खुशी बुटवलवासी बनाउन केबलकार योजना बरदान सावित हुन सक्ने भएकाले बुटवल उपमहानगरपालिकाले पनि यसमा सहकार्य र प्रबद्र्धनमा लाग्नुपर्ने पन्तको सुझाव छ ।

रुपन्देही नागरिक समाजका अध्यक्ष इश्वरी चापागाईले बुटवलका होटेल काठमाडौं भन्दा महंगा तर गुणस्तर, सुविधा र सत्कारमा कमजोर भएकाले त्यसमा सुधार गरी आन्तरिक र वाह्य पर्यटकको मन जित्न सक्नुपर्ने सुझाव दिन्छन् ।

उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बुटवलमा सञ्चालन हुन लागेका दुई वटा केबलकारले बुटवलले प्रदेश राजधानी गुमाएको क्षति पुर्ति गर्न सक्ने तर बुटवलको व्यवसाय प्रवद्र्धन र पर्यटन विकासमा व्यवसायीहरु पनि इमान्दार बन्नुपर्ने र सुध्रिनु पर्ने खांचो औंल्याउंछन् ।

‘व्यवसाय प्रवद्र्धनका लागि व्यापारी–व्यवसायीहरु,बैंक र घरधनीहरु पनि इमान्दार बन्नुपर्छ, अरुलाई यो भएन र त्यो भएन भनेर दोष दिने तर आफूले गर्न नहुने काम पनि गर्न तयार हुने परिपाटीले समस्या भएको छ’– अध्यक्ष गैरेले भने–‘बैंक ब्याज दर एकल अंकमा झर्नुप¥यो, व्यवसायी पनि इमान्दार हुनुप¥यो र घर धनीहरुले वैज्ञानिक भाडादर लागु गर्नुप¥यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?