© २०२३
लमही जेठ : स्थानिय पालिकाहरुले पछिल्लो समयमा शिक्षामा विषेश प्राथमिता दिन थालेका छन । उनिहरुले आफनो माताहातका सामुदायिक विद्यालयहरुमा गत आर्थिक वर्षदेखि माध्यमिक सम्मको शिक्षा निःशुल्कको अभ्यास सुरु गरेको जनाएका छन ।्
संघिय संरचना पछिको दोस्रो कार्यकालमा निर्वाचित वनेका जनप्रतिनिधीहरुले निर्वाचनमा प्रतिवद्धता गरेको माध्यमिक शिक्षा निशुल्कलाइ व्यवहारमै कार्यान्वयन गरेको बताएका छन ।
बुधवार शिक्षा लागि राष्ट्रिय अभियान नेपाल लुम्बिनी प्रदेश समितिले भालुवाङमा आयोजना गरेको ,निशुल्क गुणस्तरिय सार्वजानिक शिक्षा सम्भव छ , भन्ने विषयक अन्र्तकृया कार्यक्रममा सहभागि पालिकाका शिक्षा शाखा प्रमुखले यस्तो बताए ।
उनिहरुले आफना पालिका अन्र्तगतका सवै सामुदायिक विद्यालयहरुमा माध्यामिक तहसम्मको शिक्षा निशुल्क लागु गरिएको वताएका छन । कपिल्वस्तुको शिवनगरपालिकाका, दाङको लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाँउपालिकामा निशुल्क रुपमा संचालनमा आएको वताए । उनिहरुले निशुल्क रुपमा विद्यालय संचालन गर्दा केही चुनौतिहरु थपिएको वताएका छन । राप्ती गाउँपालिकाका शिक्षा शाखा अधिकृत विश्वास विक, गढवा गाँउपालिकाका शिक्षा अधिकृत श्याम विक, लमही नपाका अधिकृत भवानी गिरी, राजपुर गाँउपालिकाका शिक्षा अधिकृत केशव लम्सालले आफ्नो पालिकाका शिक्षाका गतिविधीहरुको प्रस्तुतिककरण गरेका थिए ।
सो कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिले पालिकाहरुले निशुल्क माध्यमिक शिक्षा लागु गरेकोमा प्रशसा गर्दै निशुल्क शिक्षा प्रर्दान महत्व नभइ त्यसले दिने प्रतिफल महत्वपूण हुने वताए । पछिल्लो समयमा शिक्षाको गुणस्तर खस्कीयको वताउदै कसरी शिक्षालाई गुणस्तर जीवन उपयोगि शिक्षा वनाउन सकिन्छ , त्यता तर्फ पनि ध्यान दिन जरुरी रहेको वताए ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र लम्सालले अभियानले गर्दै आएका कामहरुको वारेमा जानकारी गराएका थिए । कार्यक्रमा लुम्विनी प्रदेशसभा सदस्यहरु, सचिव, उपसचिव, पालिकाका प्रमुख ,उपप्रमुख र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।