© २०२३
काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने अवधि थप गरेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै २०७९ चैत मसान्तसम्म असल वर्गमा वर्गीकरण भएका अल्पकालिन तथा चालु पुँजी प्रकृतीको कर्जाको ब्याज नियमित रहेको अवस्थामा आवश्यकतालाई र औचित्यको आधारमा कुनै हर्जना तथा शुल्क नलाग्ने गरी म्याद थप गरेको छ।
राष्ट्र बैंकले यस्तो कर्जाको ब्याज २०८० असार मसान्त भित्र (तीन महिना) म्याद थप गर्न सकिने भनेको छ।
साथै बैंक तथा वित्तीय संस्थाले २०७८ भदौ ८ गते अघि जारी भएका ऋणपत्रलाई २०८० पुस मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने भएका छन्।
साथै, कर्जाको ब्याजदर (बैंकदर) ७.५ प्रतिशत कायम गरिएको छ।
निर्देशिकामा उल्लेख छ, ‘बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड सम्मको अन्य सबै कर्जा प्रवाहमा आम्दानी विश्लेषण गरी ब्याजमा १० प्रतिशत रकम असुल गरी शर्त अनुसार कर्जाको पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिनेछ।’
पुनरतालिकीकरण र पुनर्संरचना २०८० असारभित्र गरिसक्नुपर्ने उल्लेख छ। २०७९ चैत मसान्सम्ममा सक्रिय वर्गको वर्गीकरण भएमा कर्जा पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिने भएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी