ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

राजनीतिमा निष्ठा र इमान्दारिता हराउँदै

३ जेष्ठ २०८०, बुधबार
३ जेष्ठ २०८०, बुधबार

बुटवल, ३ जेठ ।

कम्युनिष्ट नेताहरूले राजनीतिमा निष्ठा, इमान्दारीता, पारदर्शिता र सरल जीवनशैली हराउँदै गएको बताएका छन् । देश र जनताका निम्ति निश्वार्थ रुपले काम गर्ने नेताहरुको कमी हुंँदा जनताको तहबाटै राजनीतिप्रति वितृष्ण बढ्दै गएको उनीहरूले बताए ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० ओै स्मृति दिवसमा जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी वाम नेताहरूले राजनीतिमा निष्ठा र समर्पण हराएको धारणा राखेका हुन् ।

आश्रितको चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै वक्ताहरुले मदन आश्रितको सुनियोजित हत्या भएको भनिरहने तर कुनै पनि सरकारले घट्नाको छानविन नगर्दा हत्यारा पत्ता नलागेको बताए ।

एमालेकै सरकारमा पनि यसको छानविन नभएको प्रति वक्ताहरुले दुःख ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिब्युरो सदस्य लिला गिरीले पार्टी अहिलेको अवस्थासम्म आइपुग्न स्वर्गीय नेताहरुको महत्वपूर्ण योगदान रहेको बताए । लुम्विनी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका गिरीले मदन आश्रितले देखाएको बाटोमा हिड्न पर्ने बताए । उनले विमोचित आश्रितको चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तकले विगतमा कति कठिन अवस्थामा राजनीति गर्नुपर्ने अवस्था थियो भन्ने युवा पुस्ताले बुझ्ने बताए ।

कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा पुस्तकका देवेन्द्र घिमिरेले स्वर्गीय नेता जीवराज आश्रितको योगदानको कदर हुन नसकेको बताए । उनले विगतमा चिठीपत्रको महत्व बताउँदै त्यसले पार्टी काम समेतको कसरी गरिन्थ्यो भन्ने धेरै जानकारी दिएको बताए ।

कार्यक्रममा एमाले नेता नेत्रप्रसाद पन्थीले नेता स्वर्गीय नेताद्वयका ब्यवहार पालना नगरेकै कारण राजनीति यो अवस्थामा आएको बताए । मदन र आश्रितले विचारमा फरक मत राख्नेहरुलाई समेत संगठन र पार्टीमा महत्वपुर्ण स्थान दिएर संगै लैजाने गरेको पनि बताए ।

नेता पन्थीले उहाँका विचार मान्ने तर व्यवहार र अनुशासन नमान्ने गरेकै कारण बामपन्थी आन्दोलनका नेताहरुमा जनविश्वास गुम्दै गएको बताए । कार्यक्रममा नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष तेजन्द्र केसीले मदन भण्डारी र जिवराज आश्रितको जीवनशैली अनुशरण गरेर आफुलाई रुपान्तरण गर्दै पार्टीभित्रका कमी कमजोरी सुधार गरेर लैजानुपर्ने बताए ।

जीवराज आश्रितका सहकर्मी बामपन्थी नेता उमापति पाण्डेले अहिलेका नेताले जिवराज आश्रितका कार्यशैली र योगदानको कदर गर्न नसकेको बताए । स्वर्गीय नेताद्वयको भावना विपरित गएकाले बामपन्थी विचार कमजोर हुदै गएको पनि उनले बताए । कार्यक्रममा जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालका कार्यबाहक अध्यक्ष युवराज घिमिरेले आश्रितले जस्तै विचारमा दृढता, जनता प्रति जवाफदेहिता, सरलता, शिष्टता र इमान्दारीता आजको राजनीतिमा खड्केको मुख्य कुरा भएको बताए ।

आश्रित स्मृति प्रतिष्ठान नेपालकी महासचिव कल्पना थापा, विमला श्रेष्ठ, एमाले जिल्ला सचिव यज्ञ गैरे, उपसचिव हितराज पन्थी, करिना खनाल लगायतले बोल्दै कुशल संगठक जिवराज आश्रितको जीवनशैली र योगदानको चर्चा गरेका थिए । कार्यक्रममा आश्रितका चिठी देवेन्द्र घिमिरेलाई नामक पुस्तक विमोचन गरिएको थियो । पुस्तकमा स्वर्गीय जीवराज आश्रितले २०२२ देखि पार्टी संगठन बिस्तारका काममा जेलमा रहेको अवस्था विभिन्न समयमा पठाएका १३ वटा चिठी समाबेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?