© २०२३
बुटवल(बुटवल टुडे) जेठ । ईलाका प्रहरी कार्यालय बुटवलले बुटवल उप–महानगरपालिका वडा नं.५ नेपाल गंञ्ज रोड स्थितबाट भन्सार छली गरी ल्याएका लत्ता कपडा सहित गाडी नियन्त्रणमा लिएको छ । जिल्लाको कोटहीमाई गाउंपालिका वडा नं.३ बस्ने बर्ष २८ को सुभाष कोईरीले चलाई आएको लु ८३ प २५२९ नं.को मोटरसाईकल र लु १ ह १७६९ नं.को ई–रिक्सा चेकजांच गर्ने क्रममा अबैध रुपमा कपडा ल्याएको पाइएपछि नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडी बढाइएको हो ।
ई– रिक्सामा प्लास्टिकको पानिबर्सादी २८८ पीस, ढाकाको जस्तो थान कपडा ३३ थान, सुतीको थान कपडा ३१ थानमा ( ९३० मिटर ) कपडा नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नावय उपरिक्षक दान बहादुर थापाले जानकारी दिए । थापाका अनुसार नियन्त्रणमा लिएको समान ५ लाख ३५ हजार २ सय रुपैयाँ बराबरको रहेको छ ।