ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
समाचार

सिलाई सीपले आयआर्जनको आश

३ जेष्ठ २०८०, बुधबार
३ जेष्ठ २०८०, बुधबार

कपिलवस्तु, २ जेठ ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका २१ जना किशोरीलाई तिन महिने सिलाई कटाईको तालिम दिई सिलाई मेसिन प्रदान गरिएको छ । कतार च्यारिटीको स्पोन्सरसिपमा किशोरीको सिप बिकास गरि आयआर्जनको गतिबिधीमा सरिक गराउने उद्देश्यका साथ लुम्बिनी एकीकृत बिकास संस्था (लिडो नेपाल) ले सिप सिकेका किशोरीलाई मेसिन सहितको सामग्री हस्तान्तरण गरेको हो ।
मेसिन प्रदान गर्नु पुर्व गाउँपालिकाको वडा नम्बर ८ बिजुवामा १० जना र वडा नम्बर ५ बलुहवामा ११ जना गरि २१ किशोरीका लागी तिन महिने सिलाई कटाई तालिम दिईएको थियो । वडा नम्बर ५ र ८ मा आयोजित तालिम समापन तथा मेसिन हस्तान्तरण कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान, वडा नम्बर ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमान, लिडो नेपालका सदस्य ओम प्रकाश गुप्ता, वडा नम्बर ५ का अध्यक्ष राधबेन्द्र प्रसाद पाण्डेय, वडा नम्बर ५ का सदस्य अजय कुमार तिवारी, लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासे र कार्यक्रम संयोजक रामनरेश चौधरी लगायतले सिलाई मेसिन हस्तान्तरण गरेका हुन ।

सिलाई कटाई सिक्ने किशोरीका लागी संस्थाले तालिम अबधिसम्म मेसिन र कपडा, स्केल, कैचीं, धागो लगायतका तालिम सामग्री उपलब्ध गराएको थियो ।
तालिममा सहभागी मायादेवी २ मनखोरियाकी पुष्पा कुमारी चौधरीले सिलाई कटाईको सिप सगैँ मेसिन पनि पाएकोमा खुसी व्यक्त गर्दै आफूले सोहि सिप प्रयोग गरि आयआर्जन र आत्मनिर्भर हुन लाग्ने बताईन । त्यस्तै वडा नम्बर ४ पिपरा कि सहभागी हबिबा खातुनले तालिमले आफूहरूलाई दक्ष र सक्षम बनाएको बताईन । तालिममा सहभागीले घरायसी कपडाका काम मात्रै नभई सो सिप प्रयोग गरेर आयआर्जन गर्न सक्षम भएको प्रशिक्षक तहसिन शेखको बुझाई थियो । किशोरीले तालिमबाट पाएको सिपबाट थप दक्षता हासिल गर्नेमा बिस्वस्त रहेको कार्यक्रम संयोजक रामनरेश चौधरीले बताए । किशोरीलाई आत्मनिर्भर र सक्षम बनाउन तालिम र मेसिन हस्तान्तरण कार्यले भूमिका खेल्ने संस्थाकी कार्यकारी निर्देशक सुनिता बेल्बासेको भनाई छ । किशोरीका लागि संस्थाले सञ्चालन गरेको तालिम प्रभावकारी देखिएको गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले बताए । गाउँपालिकाले किशोरी शिक्षा, स्वरोजगार र आयआर्जनको कार्यलाई प्राथमिकतामा राखेको उनको स्पष्टोक्ति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?