ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

केवलकारले बनाउँला त बुटवल चलायमान ?

३ जेष्ठ २०८०, बुधबार
३ जेष्ठ २०८०, बुधबार

बुटवल,  जेठ - कोरोना कहरपछि देश आर्थिक संकटमा छ । व्यवसायिक घरानाहरू धमाधम बन्द हुँदै गएका छन् । लगानी योग्य वातावरण नभएको भन्दै व्यवसायीहरू पलायन भैरहेको बेलामा रूपन्देहीमा भने केही नयाँ लगानीका वातावरण सृजना भएका छन् । देशकै ठुलो व्यवसायिक घराना आईएमई ग्रुप को लगानीमा बुटवलको गोलपार्क देखि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बसन्त पुरमा पहिलो पटक केवलकार सुरुवात हँुदै छ । यता बुटवल सहित अन्य स्थानमा व्यवसायीहरूको लगानीमा बुटवल फूलवारी देखि पाल्पा को नुवाकोटसम्म केवलकार तयारी अवस्थामा रहेको छ ।


नेपाल सहित भारतका विभिन्न स्थानका पर्यटक तान्ने योजना सहित यी दुई स्थानमा केवलकार सञ्चालन हुँदै छन् । जसले थला परेको अर्थतन्त्र विस्तारै सुधार हुने अपेक्षा समेत लिइएको छ ।
लुम्बिनी प्रदेशकै ठूलो ब्यापारीक सहर बुटबलमा ब्यबसायीक रूपमा केबुलकार सन्चालन हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्य सहित बुटबल को गोलपार्क (बम्घाट) देखी पाल्पाको तिनाउ गाउँपालीका ३ बसन्तपुर सम्म २.५ किलोमिटर केबलकार सञ्चालन हुन लागेको हो । यहि जेठ ८ गते बाट औपचारिक रूपमा केवलकार सञ्चालन गर्ने तयारी गरिएको नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।


बुटवल देखि केही मिनेटको दुरीमा फरक मौसम पाईने बसन्तपुरमा तराईंको गर्मी छल्नको लागि जाने आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्ने अपेक्षा समेत गरिएको छ । उक्त स्थानमा गर्मीको मौसममा निरन्तर चिसो हावा चल्ने गर्दछ । नेपाल र भारतका पर्यटकलाई बुटबल ल्याउने बुटवलदेखि पाल्पाको बसन्तपुर सम्म पु¥याउने योजना सहित एक बर्ष पहिला केवलकार योजना सुरु भएको थियो ।


करिब ५ अर्ब बढि लगानीमा निमार्ण गरीएको केबुलकार चढेर माथी डाँडा बसन्तपुर पुगेपछि आरामदायी बसाई सहित जीपलाईन व्यवस्था, क्यासीनो सहित पाँच तारे होटल समेत सञ्चालन हुने छ । स्टार होटल बिभिन्न परीकारका रेष्टुरेन्टहरू बुटबल भैरहवा भारतको नौतनवा बजार नवलपरासीका बिभिन्न भागको मनोरम दृष्य अबलोकन गर्ने अवसर समेत मिल्ने जनाइएको छ । बसन्तपुरबाट रात्रीकालीब बुटवल भैरहवा समेत अवलोकन गर्न सकिन्छ ।
हरेक बर्ष नेपाल बाट धेरै धार्मिक पर्यटकहरू भारतको आशाम राज्यमा रहेको कामाख्या मन्दीर जाने भएकाले त्यस मन्दीरको प्रतिरूप समेत यहाँ बनाइएको छ । उक्त मन्दिरमा जेठ १२ गतेदेखि धार्मीक बिधिअनुसार महापुराण समेत लगाउने तयारी गरिएको छ ।


नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशमा अध्यक्ष कृष्णप्रसाद शर्माले बुटवलमा निर्माण भएको केबुलकारले नेपालीमात्र नभएर भारतका धेरै पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने बताउँछन् । उनले तराईंको गर्मी मौसम छल्नका लागि पाल्पाको चिसो स्थान बसन्तुर सबैको रोजाईमा पर्ने समेत दावि गरे । केबुलकार सन्चालनले नेपालकै पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने लुम्बिनी केवलकार प्रालिलले जनाएको छ ।
यता बुटवलको पारि बुटवल (बुटवलमावि) देखि पाल्पाको नुवाकोट सम्म सञ्चालन हुने सिद्धार्थ केवलकारको संचरना निर्माण काम जारी रहेको छ । अध्यक्ष माधव नेपालका अनुसार संरचना निर्माण पुरा भएपछि केही समयमा नै सञ्चालन हुने बताउँछन् । अहिले यो केवलकारको माथिल्लो स्टेशन सहित पोल निर्माण काम जारी रहेको छ । अध्यक्ष नेपालका अनुसार आगामी दशैं सम्ममा सञ्चालन गर्ने तयारी गरिएको छ । उनका अनुसार १.९ किलोमिटर रहेको यो केवलकारको संरचना निर्माण अन्तिम तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?