ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

केन्द्रको छाता ओढेर संघीयता बाँच्दैनः सभामुख घर्ती

संघ सरकारले जे—जे गर्छ, प्रदेश सरकारले पनि त्यही—त्यही गर्नु संघीयताको मर्म होइन । प्रदेश स्यायत्त नभए संघीयताको आवश्यकता नरहनेको भन्दै सभामुखले प्रश्न उठाए ।
३ जेष्ठ २०८०, बुधबार
३ जेष्ठ २०८०, बुधबार

लमही, जेठ – लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेशहरू स्वायत्त हुनुपर्नेमा जोड दिएका छन् । प्रदेश स्वायक्त नहुने हो भने संघीयताको आवश्यकता नहुने उनको भनाइ छ । सभामुख घर्तीले संघ सरकारले जे—जे गर्छ, प्रदेश सरकारले पनि त्यही—त्यही गर्नुपर्ने अवस्था संघीयता हुनै नसक्ने जिकिर गरे । उनले प्रदेश स्यायत्त नभए संघीयताको आवश्यकता नरहने समेत बताए ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशसभाबाट सम्पादित कार्यहरूको समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घर्तीले केन्द्रमा सरकार ढले प्रदेशको सरकार ढल्नुपर्ने, केन्द्रमा संसद बिघटन हुँदा प्रदेशमा पनि संसद बिघटन हुने परिपार्टी संघीयता हुन नसक्ने ठोकुवा गरे । संघ सरकार बदलिँदा प्रदेशहरूमा सरकार परिवर्तन भएको तर्फ उनको संकेत थियो । सरकार परिवर्तन भइरहँदा आर्थिक बर्षको अत्यतर्फसम्म पनि लुम्बिनी प्रदेश सरकारको वित्तिय प्रगति करिब ३० मात्रै छ ।
उनले काठमाडौँले नै सबै डिसिजन गर्ने, अनि काठमाडौँ कै डिसिजिनमा सबै लाग्ने हो भने किन संघीयता चाहियो ? प्रश्न गरे । सभामुख घर्तीले सुरक्षा, परराष्ट्र र मुद्राको अधिकार मात्र केन्द्रमा रहने र बाँकी अधिकार प्रदेशलाई हुने गरी स्वयत भए मात्र संघीयता सफल हुने बताए । उनले संघको अस्थीत्ता प्रदेशमा पर्ने अर्कोतिर स्थानिय तहले कानुन निर्माणमा प्रदेशसंग समन्वय नगर्ने परिपाटीले प्रदेशलाइ काम गर्न असजता भएको वताए ।उनले प्रत्यक्ष जनताबाट मुख्यमन्त्री निर्वाचित हुने व्यवस्था नहँुदा सम्म प्रदेश सरकारले स्थायीत्व नपाउने वताए ।
प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनले हालसम्म प्र्रदेश सभाले ५२ वटा मुख्य ९ वटा सहायक र ११ वटा अर्थ सम्वन्धी कानुन वनाएको वताए । कार्यक्रममा प्रदेशसभाकी प्रवक्ता सम्झना सुवेदीले प्रदेशसभा गठनदेखि हालसम्म प्रदेशसभाले गरेका कार्य प्रगतिका बिषयमा प्रस्तुति राखेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?