ट्रेंडिंग:

>> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु

राष्ट्रिय युवा संघको र्याली र सभा सम्पन्न

१ जेष्ठ २०८०, सोमबार
१ जेष्ठ २०८०, सोमबार

सल्यान, १ जेठ ।

आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा सल्यानको कालिमाटीमा राष्ट्रिय युवा संघ नेपालले र्याली निकालेको छ । सोमबार नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ कालिमाटी गाउँपालिकाले र्याली तथा सभाको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

युवा संघमा आवद्ध युवा तथा पार्टीका विभिन्न कमिटिमा रहेका पदाधिकारी एवम् सदस्यहरु सम्मिलित र्यालीमा भ्रष्टाचारीलाई कारवाही गर, दोषी कोही नछुटुन, निर्दोष कोही नपरुन लगायतका नारा लागेको थियो । कालिमाटीको रामपुर बजार क्षेत्रमा विभिन्न बाजा गाजा सहित र्याली र सभा गरेर दिवस मनाइएको राष्ट्रिय युवा संघ कालिमाटीका अध्यक्ष टेक बहादुर सुवेदीले जानकारी दिए ।

र्याली पश्चात् आयोजित सभामा बोल्ने वक्ताहरुले युवा संघलाई युवाको हक, हित र अधिकार प्राप्तीका लागि बढी केन्द्रीत गर्नुपर्नेमा जोड दिए । सभाका प्रमुख अतिथी नेकपा एमाले सल्यानका उपसचिव तथा कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले युवाहरुकै सहभागिता र नेतृत्वमा विकास, परिवर्तन सम्भव रहेको बताए । उनले संघले युवाको पक्षमा राजनीतिक तथा सामाजिक आन्दोलन चलाउनुपर्ने बताए ।

यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढाले पुँजीवादको विरुद्ध लड्दै समाजवाद प्राप्तीका लागि निरन्तर सक्रिय रहेको नेकपा एमालेको लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । एमाले कालिमाटीका अध्यक्ष केशर बुढाले युवाहरु सृजनशील र उद्यमी बन्नुपर्नेमा जोड दिए ।

र्यालीमा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा एमाले सल्यानका सचिवालय सदस्य सहनशीलता वली डिसी, एमाले सल्यानका सचिवालय सदस्य इन्द्र बहादुर वली, जिल्ला कमिटी सदस्यहरु रवीलाल बस्नेत, बेल बहादुर चन्द, अमर डांगी, एमाले कपुरकोटका अध्यक्ष द्रोण केसी, दलित महिला संघ कर्णालीका सदस्य राधा सुनार लगायतको सहभागिता थियो । युवा संघ कालिमाटीका उपाध्यक्ष प्रकाश सारुले पनि मन्तव्य व्यक्त गररेको कार्यक्रमको सहजीकरण युवा संघका जिल्ला कमिटी उपसचिव दिलिप रावतले गरेका थिए । युवा संघले प्रत्येक वर्षको जेठ १ गतेलाई युवा दिवसका रुपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?