© २०२३
बुटवल(बुटवल टुडे) बैशाख । पहिलो पाईला नेपाल बुटवल शाखाको तेस्रो अधिवेसनबाट अध्यक्षमा विनोद बस्याल चयन भएका छन् । बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्षमा गोमा भट्टराई र सन्तोष बन्जाडे, सचिवमा राजन अधिकारी, सह– सचिवमा मनिष खनाल र केशव खनाल, कोषाध्यक्षमा सन्तोष के.सी., सह–कोषाध्यक्षमा नरेश न्यौपाने चयन भएका हुन ।
कार्यसमिति सदस्यहरुमा गौरव खनाल, सुबास भट्टराई, निर्मल बेल्बासे, श्याम सुन्दर ठाकुर, विकास पौडेल भएका हुन । निर्वाचित सबैलाई पहिलो पाईला नेपालका केन्द्रीय अध्यक्ष निराजन धमाल, सचिव गोमा भट्ट्राई लगायतले बधाई ज्ञापन गरेका थिए ।