ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
नक्कली शरणार्थी प्रकरणः

लुम्बिनीका मुख्यमन्त्री चौधरी अनुसन्धानको घेरामा

३० बैशाख २०८०, शनिबार
३० बैशाख २०८०, शनिबार

लमही,  वैशाख ।
कांग्रेस सांसद आरजु राणा देउवा र प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणनिकट मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमेत ‘भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । ‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै करोडौँ असुल्ने गिरोहको ‘नेक्सस’ मुख्यमन्त्री चौधरीसम्म फैलिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा ठगी गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र दाङका सन्देश शर्माले शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ हरूको संलग्नता देखाउँदै जाँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीको नाम पनि पोलेको अधिकारीहरूले जनाएका छन । अभियुक्त शर्माले ‘कांग्रेस नेता बुद्धिराम भण्डारीको साला गजेन्द्र बुढाथोकी (फरार) र लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सहयोग लिएर आफूहरूले तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलाई पटकपटक भेटेको बयान दिएका छन ।
निज टेकनारायण पाण्डेलाई काठमाडौँ आएको बेला दुईपटक भेटेको हुँ, केही व्यक्तिहरूले मेरो नाम जोडेर प्रहरीमा उजुरी गरेपछि म त्यहाँ गएको थिएँ,’ बयानमा उनले भनेका छन्, ‘दाङका केटाहरूलाई अमेरिका पठाउने विषयमा गजेन्द्र दाइ र डिल्ली दाइ (मुख्यमन्त्री) सँग कुराकानी हुँदैजाँदा निज पाण्डेको नाम भने सुनिरहेको थिए । पूर्वगृहमन्त्री खाँण, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मालाई काठमाडौँ प्रहरी परिसले पक्राउ गरेपछि मुख्यमन्त्री चौधरी काठमाडौँ आइपुगेका छन् । उनले सोमबार र मंगलबार प्रहरी थुनामा रहेकाहरूलाई भेट्न खोजेको थिए । तर प्रहरीले अभियुक्तहरूलाई भेट्नका लागि समय नदिएको प्रहरी स्रोतको दाबी छ ।
मुख्यमन्त्री चौधरीलाई यसबारे थप कुराबुझ्न खोज्दा उनीसित सम्पर्क हुन सकेन । अमेरिकी पीआरधारी ठग गजेन्द्र बुढाथोकीले सत्ता र पहुँचको आडमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस नेत्री आरजु राणा देउवा र तत्कालीन सचिव टेकनारायण पाण्डेलाई कैयौँपटक गृह मन्त्रालयमै भेटेको र निरन्तर फोन सम्पर्कमा रहेको अभियुक्त सन्देश शर्माले प्रहरी अधिकारीलाई बताएका छन । त्यतिखेर तत्कालीन गृहमन्त्री खाँणलाई गजेन्द्रले भेटिरहँदा उनीविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही पीडितहरूले ठगी गरेको भन्दै उजुरी दिएका थिए । तर खाँणले मुख्यमन्त्री चौधरी र गजेन्द्रको आग्रह माग्दै पीडितहरूले दिएको उजुरीसमेत लुकाउन प्रहरीलाई बाध्य पारेका थिए ।
करोडौँ ठगी प्रकरणमा मुछिएका दाङका गजेन्द्र बुढाथोकी र प्रहरी हिरासतमा रहेका सन्देशले ‘शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भन्दै राप्ती क्षेत्रका दुई सयभन्दा बढी व्यक्तिबाट लाखौँ पैसा असुलेको खुलासा भएको छ । ‘अमेरिका पठाइदिन्छौँ तर इलिगल होइन भनेर दाङका गजेन्द्र र सन्देशले म र मेरो साथीबाट ३३ लाख लिए । उनीहरूले पैसा लगे तर हामीहरूलाई अमेरिका पठाएनन्,’ अमेरिकी सपना देखेर गजेन्द्र र सन्देशमार्फत् ठगिएका एक पिडितले भने, ‘त्योबेला उजुरी गर्न जाँदा डिल्ली अंकलले मेरो बुबालाई भनेरै रोक्नुभयो । खै, हाम्रो पैसा डुब्यो ।’‘आफूहरूबाट २० देखि ५० लाख लिएपनि समयमै अमेरिका नपठाएको’ भन्दै पीडितहरूले प्रहरी गुर्हादा पनि फरार अभियुक्त गजेन्द्रको दबाबमा मुख्यमन्त्री चौधरीले धेरैलाई शान्त पार्ने काम गरेको पीडितहरूको गुनासो छ । उनीहरूले नक्कली शरणार्थी परिचयपत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन ।यसरी शरणनार्थी प्रकरणमा मुछिए पनि प्रदेश सरकार गठन समेत प्रभावित वनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?