ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मुख्य समाचार

पाँच जना पत्रकारले त्यागे महासंघको सदस्यता

२९ बैशाख २०८०, शुक्रबार
२९ बैशाख २०८०, शुक्रबार

सुुनवल , बैशाख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीका पाँच जना सदस्यले सदस्यता त्यागको घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले संस्था शुद्धिकरण अभियान सञ्चालन गरेपछि सक्रिय नभएका सदस्यहरूले स्वतस्फुर्त रूपमा महासंघको सदस्यता त्याग गर्न थालेका छन् ।
महासंघ नवलपरासी शाखाले हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य पेशालाई मुल पेशा बनाएका सदस्यहरूलाई सदस्यता त्यागको स्वघोषणा गरी संस्था शुद्धिकरणलाई सहयोग गर्न आह्वान गरेअनुसार उनीहरूले सदस्यता त्याग गरेको जिल्ला अध्यक्ष हरि शर्माले बताए । सदस्यता त्यागको स्वघोषणा गर्नेमा जिल्ला शाखाका पूर्वसभापतिदेखि सचिव र कार्य समिति सदस्यसमेत छ । शुद्धिकरण अभियानमा सहयोग भन्दै सदस्यता त्याग गर्नेमा पूर्वसभापति रामप्रसाद पाण्डे, पूर्वजिल्ला सचिव सञ्जय कर्ण, पूर्वकार्यसमिति सदस्य ताराचन्द्र बर्मा, उर्मिला वानिया र सुनयना चौधरी रहेका छन् ।
‘महासंघलाई विशुद्ध पत्रकारिता गर्ने सदस्यहरूको मात्र संस्थाका रूपमा अघि बढाउने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यता त्याग गरेका छौं ।’ उनीहरूले महासंघमा बुझाएको छुट्टाछुट्टै स्वघोषणा निवेदनमा उल्लेख गरेका छन् ।
त्यसरी सदस्यता त्यागको स्वघोषणा गर्ने सदस्यले विगतमा महासंघ र जिल्लाको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान हेरेर जिल्ला शाखाले उनीहरूलाई मानार्थ सदस्यका रूपमा केन्द्रमा सिफारिस गर्न सकिने समेत संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा उल्लेख छ । जिल्लामा ८६ जना सदस्य छन् । पत्रकारिताभन्दा अन्य पेशालाई मुल पेशा बनाएका र निष्कृय रहेका केही सदस्यहरूले पनि आफूहरूले संस्था शुद्धिकरणका लागि सदस्यता त्यागको स्वघोषणा गर्ने जनाएको अध्यक्ष शर्माले बताए ।
महासंघले जारी गरेको संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि, निजामती तथा अन्य जुन सुकै सरकारी निकायको स्थायी, अस्थायी, करार सेवामा कार्यरत (मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक) तथा गैरसरकारी संस्था (सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था) मा पूर्णकालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ती नहुने उल्लेख छ । त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिले काही मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?