© २०२३
बुटवल — भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
भूमिगत जलस्रोत र सिँचाइ निर्माण सम्बन्धी कामै नगरी झुटा बिल बनाएर भोलेबाबा कन्स्ट्रक्सनलाई रकम भुक्तानी दिएको भन्दै उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
श्रेष्ठसँगै इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिन, भोलेबाबा कन्स्ट्रक्सनका सञ्चालक सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर दास र लखापाल मरासिनीमाथि ५३ लाख ७५ हजार रुपैयाf बिगो माग दाबी गरेको छ । निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिबाट ६३ लाख ७ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
उनीहरुले आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किबास पम्प हाउस, स्टोरेज टंकी र वितरण प्रणालीको ठेक्कामा कामै नगरी ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँको नक्कली बिल बनाएर हिनामिना गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी