ट्रेंडिंग:

>> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने

दिपज्योतीका शेयर सदस्यको निःशुल्क स्वास्थ्य परीक्षण

२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार

बुटवल, २७ वैशाख ।

‘बचत सगै स्वास्थ्य’ नारा आत्मसाथ गर्दै तिलोत्तमाको दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यहरुको निःशुल्क स्वस्थ्य परीक्षण गरेको छ । केन सेन्टरको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यहरुको लागि तीन दिने मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो र मृगौला सम्बन्धी निःशुल्क रक्त र पिसाबको परीक्षण गरिएको हो । कार्यक्रमको तिलोत्तमा नगरपालिका वडा नं. १ का अध्यक्ष फर्सुराम गिरीले उद्घाटन गर्दै नगरबासीलाई स्वास्थ्य पहुँचमा लैजाने गरी अभियान थालनी गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा केनका अध्यक्ष दिनेश कक्षपतिले मधुमेह, मुटु, कलेजो र मिर्गौलाको समस्या समुदायमा फैलिरहेको भन्दै जीवनशैली सुधार गरेर रोगबाट बच्न सकिने कुरामा जोड दिए । आधुनिक जीवनशैलीको राम्रो व्यवस्थापन नहुँदा रोगहरु लाग्ने गरेको र त्यसबाट आर्थिक, मानसिक र शारीरिक दुःख हुने भन्दै समयमा नै ध्यान दिनुपर्ने बताए ।

शिविरमा चार सय जनाको परीक्षणको क्रममा १२ प्रतिशत मधुमेह, १७ प्रतिशत विरामीको मिर्गौलाबाट प्रोटिन निस्केको, २० प्रतिशत विरामीहरुको कलेजोको समस्या तथा ३० प्रतिशत विरामीहरुको रगतमा चिल्लो पदार्थ (ट्राईग्लेरेसाइड) उच्च देखिएको उनले बताए । शिविरमा सहभागी विरामीहरुलाई खानपान र जीवनशैलीबारे ३ दिने परामर्श समेत दिईने उनले बताए ।

दीपज्योति बचत तथा ऋण सहकारीका वरिष्ठ सल्लाहकार दधिराम गौतमले स्वस्थ्य शिविरको समापन गर्दै रोग निवारणको लागि पहिचान महत्वपूर्ण हुने बताए । सहकारी अभियान केवल आर्थिक समृद्धिमात्र नभई शेयर सदस्यहरुको स्वस्थ्य पनि भएको भन्दै आगामी दिनमा समेत कार्यक्रमको निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमका आयोजक तथा सहकारीका अध्यक्ष हुमनाथ पाण्डेले आफ्ना शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना जगाउने गरी कार्यक्रम गरेको बताए । समयमा नै रोगको पहिचान गरी समस्या समाधान गर्न सके थोरै खर्च र झण्झट हुने उनको तर्क छ ।

कार्यक्रम स्वास्थ समितिका संयोजक झुम प्रसाद थापा, दिपेन्द्र पौडेल, गोविन्द श्रेष्ठ, सहकारीका सल्लाहकार जगननाथ कंडेल, ब्यवस्थापक जीवन पाण्डेले रोग लागेर उपचार धाउनेभन्दा पनि जीवनशैली बदल्ने अभियान जरुरी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?