© २०२३
चन्द्रौटा(कपिलवस्तु) ।
कपिलवस्तुबाट लागु औषध सहित २ जना महिला पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका वडा नम्बर-२ बाट चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्राम सहित मङ्गलवार दुई महिला पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुगेंलका अनुसार पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीय संगिता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीय सेती तामाङ रहेका छन् ।
कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको समेत निरीक्षक ढुंगेंलले जानकारी दिए ।