Butwal Today

भन्सार छलीको ४२ बोरा चिनी रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा

२७ बैशाख २०८०, बुधबार
अ+
अ-

भैरहवा, २७ वैशाख ।

भन्सार छलेर नेपाल ल्याइएको ४२ बोरा चिनी रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको मायादेवी गाउँपालिका–६ स्थित बेथरीबाट प्रहरीले चिनी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चिनी बरामद गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिपक कुँवरले जानकारी दिए ।

भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी अवैध रुपमा ल्याई लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो । बरामद चिनीको मूल्य अन्दाजी १ लाख ५७ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको चिनी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता÷सूचना अधिकारी तथा प्रहरी निरीक्षक कुँवरले बताए ।