© २०२३
सन्धिखर्क, २६ वैशाख ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –२ ढाकावाङ्गमा आगलागीमा परी ५ जना घाईते भएका छन् ।
ढाकावाङ्गको जोगिथुम जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि नियन्त्रण गर्न खोज्दा घाईते भएका ५ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बताए । घाईतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा मिसन अस्पताल पठाईएको घिमिरेको भनाई छ । यसरी गम्भीर घाईते हुनेहरुमा भूमिकास्थान नगरपालिका –२ ढाकावाङ्ग निवासी बर्ष ७२ का पिताम्बर बेल्बासे, सोही स्थानका बर्ष ५५ का पदम बेल्बासे, बर्ष ५२ का घनश्याम बेल्बासे र वर्ष ३६ का माधव बेल्बासे रहेका छन् । सोही स्थान बस्ने वर्ष २६ कि अस्मिता बेल्बासकोे अवस्था भने मध्यम रहेको प्रहरीको भनाई छ ।
चर्को घाममा हावाहुरीसहित लागेको आगो घर्तीटोलमा पसेपछि स्थानीय शिव बेल्वासे र पदम बेल्वासेको गोठ जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भूमिकास्थान–२ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिए । आगोमा परी गोठमा रहेको एउटा दुहुनो भैंसी घाइते भएको र एउटा पाठोको मृत्यु भएको अध्यक्ष थापाको भनाई छ ।
आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण संकलन भैरहेको प्रहरीको भनाई छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी