ट्रेंडिंग:

>> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा

निःशुल्क प्याड पाएपछि छात्राहरुले भने– ‘अव विद्यालय छुटाउँदैनौं’

२६ बैशाख २०८०, मंगलवार
२६ बैशाख २०८०, मंगलवार

दाङ, २६ वैशाख ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको जनजागृति मावि लमडरुवाका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत ३ सय छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको सामाजिक कार्यहरुको बारेमा जानकार भएको भन्दै विद्यालयलाई सम्झिएकोमा धन्यवाद दिए । उनले सर्जिकल प्याडभन्दा स्थानीय उत्पादन प्याड धेरै गुणस्तरीय भएको भन्दै यसलाई सबै विद्यालयमा पु¥याउन अनुरोध गरे । छात्राहरुमा महिनावारी हुँदा विद्यालय छाड्ने समस्या अझै धेरै भएको भन्दै उनले यसका लागि अभियानले सहजता प्रदान गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरीले संस्थाले महिलाहरुको सामाजिक एवं आर्थिक सशक्तिकरण र बालबालिकाहरुको शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बताउँदै छात्राहरुलाई महिनावारीको समयमा हुने समस्या समाधानका लागि अभियानकै रुपमा निःशुल्क सेनेटरी प्याड वितरण गरिरहेको बताइन् । उनले विद्यालयको अन्य विकासका लागि संस्थाले विद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

सेनेटरी प्याड पाएसँगै सोही विद्यालयमा अध्ययनरत छात्रा अञ्जली रसाईलीले आफूहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड पाएकोमा खुसी व्यक्त गरिन् । अब महिनावारी भएको समयमा पनि विद्यालय आउन सहज हुने उनले बताइन् । उनले सर्जिकल प्याडभन्दा स्थानीय उद्योगमा उत्पादन भएको पुनः प्रयोग गर्न मिल्ने प्याड स्वास्थ्यका लागि र आर्थिक हिसाबले सजिलो भएको बताइन् । सोही विद्यालयमा अध्ययनरत अर्का छात्रा श्रृष्टी वलीले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई निःशुल्क रुपमा प्याड सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिइन् । “प्याड नभएका कारण विद्यालय छुटेको थियो अब छुटाउदिन”– उनले भनिन् । पुनः प्रयोग गर्न मिल्ने प्याड भएकाले प्रयोग गर्न पनि सहज हुने बताइन् ।

सो विद्यालयमा अध्ययनरत तीन सय बढी छात्राहरुलाई महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको थियो । कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलले संस्थागत जानकारी गराएका थिए । संस्थाका मनोविमर्शकर्ता लक्ष्मी ढकालले प्याड प्रयोगबारे जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?