Butwal Today

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

२५ बैशाख २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ। आज बिहान ९:४० बजे काठमाडौंका लागि उडेको विमान केही बेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै फर्काएर आकस्मिक अवतरण गरिएको हो।

ल्यान्डिङ गेयरको इन्डिकेसनमा समस्या देखिएपछि १० मिनेटमै भैरहवा फर्काइएको बताइएको छ।