ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

जग्गा किर्ते गर्ने ‘गिरोह’ लाई के होला कार्वाही ?

जग्गाधनीलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा बिहीबार पक्राउ गरिएको छ । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारीको हस्ताक्षर र वास्तविक जग्गाको श्रेस्ताको विवरण झिकाएको थियो ।
२५ बैशाख २०८०, सोमबार
२५ बैशाख २०८०, सोमबार

चन्द्रौटा(कपिलवस्तु), २५ वैशाख ।

कपिलवस्तुको चन्द्रौटाबाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । शिवराज नगरपालिका वडा नम्बर–११, थुनिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति इकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी राम प्रताप यादव पक्राउ परेका प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साविक विरपुर गाविस वडा नम्बर–९ का मुकेश यादवको नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा बिहीबार पक्राउ गरिएको छ ।

चौधरीले पीडित रेखा लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफै पुर्जा लिएर आउने बताएका चौधरीले चार दिन बित्दा समेत पुर्जा नआएपछि आफु ठगिएको अनुभव भएको बताईन् ।

पीडित लोहारले आफू ठगिएको थाहा पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिईन् । उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राउ गरेको हो । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविक जग्गाको श्रेस्ताको विवरण झिकाएको थियो ।

जिल्लाको कृष्णनगर नगरपालिका–११, बस्ने लोहारलाई जग्गा धनी मुकेश यादवको जग्गालाई जानकारी नगराई राजिनामा तयार गरेर रकम असुल गरेका जनाइएको छ । आरोपी कुर्मी चौधरीले पीडित लोहारलाई मालपोत कार्यलय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।

मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्ष्मण प्रसाद चालिसेले जवाफमा मालपोतका अधिकारीको हस्ताक्षर नभएको उक्त जग्गाको किर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारवाहीको लागि पत्राचार गरिएको बताए । नियतबस गल्ती गर्ने जो सुकै भएपनि कानुन अनुसार कारबाही हुनुपर्ने उनको भनाई छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि म्याद थप गरी जिल्ला अदालत कपिलवस्तु लगिएको जनाइएको छ । यता कानुन तथा लेखापढी व्यवसायी समिति इकाई चन्द्रौटाका उपाध्यक्ष सन्तोष चौधरीले यसबारे आफूलाई जानकारी नभएको बताए । अनुसन्धान भइरहेकोले बुझेपछि थप जानकारी गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?