ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

घरमा अवैध प्रसूति गराउँदै अनमी

२३ बैशाख २०८०, शनिबार
२३ बैशाख २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), २२ बैशाख ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटामा अवैधरूपमा प्रसूति सेवा सञ्चालन गरेको पाइएको छ । शिवराज नगरपालिकाको विरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्दै मापदण्ड विपरित प्रसूति सञ्चालन गरेको स्थानीयले गुनासो गरेका छन् ।
विगत वर्षदेखि विना दर्ता अवैध रूपमा प्रसुति सेवा उनले सञ्चालन गरेकी छन् । हरि पोखरेलकी श्रीमती हुन पुनम पोखरेल । उनले श्रीमानकै आडमा यो कार्य गरेको अरोप लागेको छ ।
पहुँचको भरमा सञ्चालन गरेको प्रसूति सेवाको कसैले विरोध गर्न सकेका छैन्न श्रीमानको संरक्षणमा विगत वर्षाैदेखि विना दर्ता अवैध रूपमा प्रसूति सेवा सञ्चालन गरिरहेका नाम नखुलाउने शर्तमा एक स्थानीयले भने । निःस्वार्थ सेवा गर्ने स्वास्थ्य कर्मचारी हुनुपर्ने पुनम पोख्रेलले गर्भवती महिलाहरूलाई आफ्नो घरमा प्रसुति गराउन दबाब दिने र मोटो रकम असुल्दै आएकी छन् ।
आफ्नो घरमा प्रसुति गराउन आउने महिलालाई आक्सीटोसिन इन्जेक्सन दिने गरेकोले महिलाहरूलाई स्वास्थ्यमा समस्या देखिएको छ । उक्त औषधि डब्लु एचओ को मापदण्ड अनुसार प्रयोग नगरि जथाभावी प्रयोग गर्नले महिला स्वास्थ्यमा गम्भीर खेलवाड गरेको जनाइएको छ ।
स्वास्थ्य चौकी विरपुरमा २४ सै घण्टा प्रसुती सेवा सञ्चालन भएपनि आफ्नो घरबाट विना दर्ता सेवा सञ्चालन गर्दा प्रश्न समेत उठाउने गरेका छ । यसबारे शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले पटक–पटक यस्तो गुनासो आएपछि सेवा सञ्चालन नगर्न वा दर्ता प्रक्रिया पुरा गर्न बारम्बर सुझाएको बताए ।
पछिल्लो समय गुनासो बढेपनि यसबारे कार्यालय गएपछि अनुगमन गरेर मात्र प्रक्रिया अगाडि बढाउने उनले जनाए । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसुती कार्य शून्यमा ल्याउने निति अवलम्बन गरेको छ ।
यता अनमी पोख्रेलले तालिम लिएपनि घर प्रसूति सेवा नदिएको जिकिर गरिन ।
अरूले आरोप लगाएपनि आफूले कसैसँग पैसा नलिएको जनाउँदै स्थानीय भएको हिसाबले अप्ठ्यारो परेका मुस्लिम समुदायका केही महिलालाई सेवा दिएको उनको भनाइ छ । यता अरोप लागेका हरि पोख्रेलले नगरपालिकामा कार्यरत रहेका कर्मचारीको सरुवा लगायतको विषयमा आफूले कुरा उठान गर्दा प्रतिशोधको भावना मिडियाबाजी भएको बताए ।
स्थानीय भएको हिसाबले कतिपय जटिल परिस्थितिमा आफ्नो श्रीमतीले कतिपय महिलालाई सहयोग गरेको हिसावले खुसी भएर दिएको रकम लिएको उनले स्वीकार गरे । तर घरमा प्रसुती सेवा अवैधरूपमा सञ्चालन नगरेको दाबी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?