© २०२३
बुटवल बैशाख– बुटवल उप–महानगरपालिका वडानम्बर–२ मा उजिरसंह पथमा रहेको उजिरसिंह माध्यमिक विदालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को परिक्षामा सहभागी हुन लागेका विद्यालयका विद्यार्थीहरुलाई शुभकामना तथा विदाई गरेका छन् । यहि बैशाख २६ गते बाट सञ्चालन हुन गैरहेको कक्षा–१२ को बोर्ड परिक्षामा सहभागी विद्यार्थीहरुका लागि सफलताको कामना सहित शुभकामना संगै विदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल बहादुर शाक्यले उच्चशिक्षाको दरिलो माध्यमको रुपमा रहेको कक्षा–१२ को बोर्ड परिक्षा सफलताको कामना व्याक्ति गरे । उनले विद्यार्थीहरुले शिक्षा प्राप्ती संगै नतिजा प्राप्तीका लागि लगनशिलतासमेत आवश्यक रहेको भन्दै सोही अनुसार परिक्षामा सहभागी भएर उच्चतम अंकका साथ उत्र्तीण गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सुहाबहादुर नेपाली, बुटवल उप–महानगरपालिका वडा नम्बर–२ का जनप्रतिनिधी वडासदस्य गौतमलाल शाक्य, विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवाली, विद्यालयका सहायक–प्रधानाध्यापक बसुन्धरा भुषाल, विद्यालयव्यवस्थपन समिति शिक्षक प्रतिनिधि तथा कक्षा ११÷ १२ सहायक व्यवस्थापक यम प्रसाद श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा कक्षा ११ का छात्रा समिक्षा वि.क., कौशल खनाल, १२ का विद्यार्थी प्रकश ठड्राई लगायतले आ–आफ्नो भनाई राखेका थिए । सोही कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम, साहित्यीक गीत, गजल, कविता प्रस्तुत गरेका थिए ।