ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
बुटवल टुडे समाचार प्रभाव

छल गरेपछि दुई नीजि प्रकाशकलाई कारवाही

२२ बैशाख २०८०, शुक्रबार
२२ बैशाख २०८०, शुक्रबार

बुटवल,  बैशाख । पाठ्यक्रम विकास केन्द्रले दुई नीजि प्रकाशकको पुस्तकको स्वीकृति रद्द गरेको छ । पब्लिकेसनले कानुन विपरित पाठ्यपुस्तक छपाई तथा वितरण गरेको भन्दै केन्द्रले स्वीकृति रद्द गरेको हो । ती प्रकाशकले स्वीकृती पत्र दुरूपयोगका साथै पुराना पुस्तक समेत बिक्री गरेका थिए । बुटवल टुडे दैनिकले यही बैशाख १३ गते निजी प्रकाशकको पुस्तकः चटरमटर खाने कि स्कुलमा पढ्ने ? बिषयमा समाचार प्रकाशन गरेको थियो ।
पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७९ को दफा ३० को उपदफा २ बमोजिम कक्षा ५ को नेपाली विषयको पाठ्यसामग्री प्रकाशन तथा बिक्रीवितरण गर्न केन्द्रबाट दिइएको स्वीकृति रद्ध गरी दुई वर्षसम्म स्वीकृति नदिने पनि केन्द्रले जनाएको छ ।

आठराई पब्लिकेसनले कक्षा ५ को १५ पाठ भएको नेपाली रसिलो नेपाली विषयको पाठ्यसामग्री शैक्षिक सत्र २०८० / ०८१ र ०८२ का लागि प्रकाशन गर्न स्वीकृति पत्र लिए पनि पुरानो पाठ्यक्रम अनुसार १८ पाठ भएको पाठ्यपुस्तक छपाई गरी विद्यालयमा विक्रिवितरण गरेको थियो । उक्त आधारमा आठराई पब्लिकेशनलाई कार्वाही गरिएको केन्द्रकी शाखा अधिकृत तारा पाण्डेले जानकारी बताइन । स्वीकृति पत्रको दुरूपयोग गरी शिक्षक, विद्यार्थी तथा अभिभावकलाई छक्काएको उनले बताइन । अन्य कक्षाको पुस्तक प्राप्त भएपछि कार्वाही प्रक्रिया अगाडी बढाउने पाठ्यक्रम विकास केन्द्रको तयारी छ ।

विक्रिवितरण गरिएका पाठ्यसामग्री समेत तत्काल फिर्ता गराउन सम्बन्धित प्रकाशकलाई निर्देशन दिइएको केन्द्रले जनाएको छ । यस्तै ओएसिस पब्लिकेसनले छापेका कक्षा ६ र ७ को वण्डर इङिलस्, कक्षा ६ र ७ को इङ्लिस् स्किल, कक्षा ४ को वण्डर इङिलस् र इङिलस् स्किल प्रयोग नगर्न नगराउन र बिक्री वितरण समेत नगराउन केन्द्रले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?