© २०२३
काठमाडौँ ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा रायमाझी पक्राउ परेका हुन्।
बुटवलबाट पक्राउ गरेको पुष्टि गर्दै प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले उनलाई बिहीबार काठमाडौं ल्याइने बताए।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुटलबाट भैरहवा लगेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले रायमाझीलाई जहाजबाट बिहीबार काठमाडौं पठाइने बताएका छन्।
पूर्वमन्त्री टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो। उनीहरुले करोडौं ठगी गरेको आरोप छ।
यसअघि पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो।
यसअघि बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। पाण्डेलाई सिंहदरबार बृत्तको हिरासतमा राखिएको छ।
पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ। उनीहरु हाल फरार छन्। यसअघि मंगलबार एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राई पक्राउ परेका थिए।
यो घटनामा सुरुमा केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई र शन्देश शर्मा पक्राउ परेका थिए। उनीहरुलाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी