ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

प्रजनन् स्वाथ्यबारे बेलैमा सचेत हुनुपर्नेमा जोड

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

बुटवल (बुटवलटुडे) बैशाख– प्रजनन् स्वाथ्यको विषयमा बेलैमा सबैजना सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । जुन सुकै बेला, जुन सुकै अवस्थामा पनि प्रजनन स्वाथ्य सम्बन्धी समस्या आउने भन्दै बेलैमा समस्या पहिचना गरी उपचार गरेर निको हुने र समयमा नै थप क्षती हुन बाट बच्न सकिने कुरामा जोड दिइएको हो ।
अपाङ्गता महिला संघ बुटवल १६ को आयोजानमा बुटवलमा भएका अपांगता भएका व्याक्तिहरूका लागि एक दिने प्रजनन स्वास्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघ बुटवल शाखा प्रबन्धक विष्णु गुरुङ्गले प्रजनन स्वाथ्य सम्बन्धी समस्याहरू जो सुकै व्याक्तिहरूको लागि हुने भन्दै अझ बढि अपाङ्गता भएका व्याक्तिहरूले विभिन्न अवरोधको कारण बढि समस्या झेल्नुपर्ने अवस्था आउनेभएको कारण समयमा नै सचेत भएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिएकी थिईन । कार्यक्रममा मुख्य सहजकर्ताको रूपमा रहेकी गुरुङ्गले स–सानो सावधानीले पनि मानिसले जिवभर नै रोग लाग्नबाट बच्न सक्ने भन्दै यसको लागि सुरक्षित यौन व्यवहार गर्नुपर्ने कुरामा जोड दिईन ।
उनले अपाङ्गता भएका व्याक्तिहरूको प्रजनन् अधिकार अन्य व्याक्तिहरू सरहरहेको भन्दै प्रजनन अधिकार कतै बाट उलंघन भएमा कानूनी उपचारमा समेत जानुपर्ने कुरामा जोड दिएकी थिईन । यस्तै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरूको अवस्था हेरेर मात्रै परिवार योजना बनाउनुपर्ने भन्दै उनले जन्मान्तर कायम राख्न,स्वाथ्यपूर्ण जिवन, विभिन्न यौन रोग लाग्नबाट बच्नको लागि परिवार नियोजनका विभिन्न साधनहरूकोे सुरक्षित प्रयोग गर्नुपर्ने कुरामा जोड दिईन । बुटवल उपमहानगरपालिका को आर्थिक सहयोगमा भएको कार्यक्रममा अपाङ्गता महिला संघ रूपन्देहीका अध्यक्ष कल्पना ढकाल ले सहजीकरण गर्दै अपाङ्गता भएका व्याक्तिहरूले आफ्नो स्वाथ्यमा विशेष ख्याल गर्नुपर्ने भन्दै केही समस्या भएमा तुरुन्त स्वाथ्य उपचार गर्न ढिलाई गर्न नहुने बताएकी थिईन । अभिमुखिकरण कार्यक्रममा अपाङ्गता भएका व्याक्तिहरूको बैवाहिक जोडीहरू सहित अन्य अपाङ्गता भएका व्याक्ति र तिनका अभिभावकहरूको सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?