ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
समाचार

गुणस्तर सुधार गर्न ‘शिक्षकलाई कम्प्युटर सीप’

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

नवलपरासी, बैशाख ।
जिल्लाको सुस्ता गाउँपालिकाले शैक्षिक सुधारका अभियान अन्तर्गत सबै शिक्षकलाई आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नै गाउँपालिका भित्रका सामुदायिक तथा मदरसाका शिक्षकहरूलाई ४० दिने आधारभूत तालिम सञ्चालन गरेको हो ।
शैक्षिक क्षेत्रको गुणस्तर सुधारका कार्यक्रम गर्दै आएको सुस्ता गाउपालिकाले सुचना प्रविधिको उपयोग गर्नका लागि पनि आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान हुनु पर्ने आवश्यकता महशुस गरि सो तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । अहिलेको युग सुचना प्रविधिको युग हो,उनले भने,युग अनुसार नै आफूलाई अपडेट हुनुपर्ने मान्यता अनुसार सबै शिक्षकले पनि आफ्नो कम्प्युटर सम्बन्धी सिप तथा क्षमता विकास गर्न आवश्यक छ । शिक्षकहरूको माग पनि विगतदेखि नै रहेको हुँदा अहिले सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्चालन गरिएको उनको भनाइ थियो ।
आधार भुत कम्प्युटर तालिममा माइक्रोसफ्ट अन्तरगत वर्ड, एक्सल, पावरप्वाईन्ट र इन्टरनेट अन्तगर जिमेलको प्रयोग, गुगलको सर्च इन्जिनको शिक्षण सिकाईमा प्रयोग लगायत शैक्षिक सुचना ब्यवस्थापन प्रणाली (इमिस) को प्रयोगबारे तालिममा सिकाउने कार्य भएको थियो । कम्प्युटर तालिम लिई सके पछि निश्चित रूपमा नियमित रूपमा इमिसको उपडेट गर्ने कार्य हुन्छ, उनले थपे,सबै शिक्षकलाई नै कम्प्युटर तालिम दिलाइएको हुँदा कम्प्युटर सम्बन्धी केही समस्या भयो भन्ने मलाई आउदैन,म जान्दैन भन्ने बाहानबाजी अब शिक्षकहरूले पक्कै गर्नु हुने छैन्, मलाई विश्वास छ, कम्प्युटर तालिममा सक्रिय सहभागि भई अधितmम ज्ञान र शिप सिक्नु भएको छ ।
सो ज्ञान र सिपको परिणाम अबको शैक्षिक सत्र देखी नै देखाउनु पर्ने चुनौती पनि शिक्षकहरूलाई भएको प्रशासयिक अधिकृत पौडेलले बताए । कम्प्युटर र सुचना प्रविधि एक आफैमा ज्ञानको भण्डार रहेको छ । सो ज्ञानको सागरमा आफू पनि डुबुल्की लगाउने र विद्यार्थीलाई पनि सो ब्यवहार सिकाउने कार्यमा दक्षता तालिमले दिइएको छ । आधारभुत तालिमको अधिक्तम प्रयोग र उपयोग गर्नु पर्छ, उनले थपे, थप एडवान्स तालिमको आवश्यकता परे गाउपालिकाले अगामी दिनमा सबै शिक्षकलाई सो तालिम दिलाउने छ । तर अहिलेको आधारभुत तालिमको ज्ञान र सिप ब्यवहारिक रूपमा शिक्षण सिकाईमा देखाउनु पर्छ । जनप्रतिनिधि र अभिभावकको समेत विश्वास जित्दै विद्यार्थीहरूमा उत्साह जगाउनु पर्छ । उनका अनुसार कतिपय विद्यालयमा कम्प्युटरट प्रयोगशाला बनेको बर्षाै भई सकेको थियो, तर प्रयोगमा आउन सकेको थिएन् ।
कम्प्युटर अपरेटरले काम गरिदिएनन भन्ने जस्ता गुनासा पनि शिक्षकबाट आउने गरेको थियो । अहिले यो आधार भुत तालिमले ति गुनासालाई हटाउने छ । यदि अबको गुनासो होला भन्ने एडवान्स कम्प्युटर तािलमको रहने छ । त्यसका लागि पनि गाउपालिका शिक्षा शाखाले योजना बनाएर प्रस्तुत ग¥यो भन्ने सो योजनालाई पनि गाउँपालिकाको गाउसभाले सम्बोधन गर्न सक्ने छ । तर आधार भुत ज्ञान र सिपको प्रयोग यहिँ शैक्षिक सत्रदेखि देखिनु पर्छ । यसको नियमित अनुगमन गर्ने जिम्मेवारी शिक्षा शाखा र शिक्षासँग सम्बन्धित गाउ शिक्षा समितिको रहने प्रमुख प्रशासकिय अधिकृतले बताए । सुचना प्रविधिको शिक्षण सिकाईमा अधिकतम प्रयोग होस शिक्षक र विद्यार्थी त्यसको उपयोग गरेर शैक्षिक गुणस्तरमा स्तरवृद्धि गर्नु पर्ने चुनौती पनि अबको दिनमा थपिएको छ । गाउपालिकाले आफ्नो शैक्षिक प्रोफाईल समेत डिजिटल रूपमा बनाएको छ, उनले भने, अब विद्यालयलाई पनि पुर्ण रूपमा डिजिटलाईज गर्दै लैजानका लागि शिक्षकहरू अग्रसर हुनु पर्छ । विद्यार्थीलाई आफूले पाएको आधार भुत कम्प्युटर ज्ञान र सिप पनि सिकाउँदै लग्नु पर्छ । यसले शिक्षण सिकाईमा उत्साह थपिने छ । जिल्ला भरिका केही पालिकामा शिक्षकलाई प्रअलाई कम्प्युटर तालिमहरू सञ्चालन गरिए पनि सबै शिक्षकलाई एकै पटक एकै प्रकारको तालिम प्रदान गर्ने सम्भवतः सुस्ता गाउँपालिका पहिलो भएको दाबी गाउपालिका शिक्षा शाखा प्रमुख चन्द्र ठाढा मगरले बताए ।
गाउँपालिकाले शिक्षा शाखाका कार्यक्रमलाई नै प्राथमिकतामा राखेर विभिन्न कार्यहरू गर्दै आएको छ, उनले भने, शिक्षकलाई कम्प्युटर तालिम मात्रै होईन, अभिभावकलाई पनि विद्यालय, बालबालिका र शिक्षक प्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थियो । अगामी दिनमा पनि अभिभावक शिक्षालाई निरन्तरता दिईने गाउपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतले आश्वासन दिएको उनले बताए । उनका अनुसार गाउपालिकामा कुल १७ वटा सामुदायिक र ८ वटा धार्मिक विद्यालय रहेका छन् । सामुदाकिय तथा धार्मिक विद्यालयमा कुल २ सय११ जना शिक्षक रहेका छन् । विभिन्न चार स्थानमा तालिम केन्द्र तोकेर शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?