ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

स्थानीय पाठ्यक्रमबारे शिक्षकहरूलाई प्रबोधिकरण

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

सल्यान (बुटवलटुडे) १९ बैशाख– स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउन लागेको सल्यानको कालिमाटी गाउँपालिकाले शिक्षकहरूलाई प्रबोधिकरण गरेको छ । पाठ्यक्रममा समेटिएका सबै विषयवस्तुबारे जानकारी दिने उद्देश्यले गाउँपालिकाले प्रवोधिकरण कार्यक्रम राखेको हो । सोमबार र मंगलबार दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा १ देखि ५ सम्म कक्षा सञ्चालन भएका विद्यालयबाट एक जना शिक्षक र ८ कक्षा सञ्चालन भएका विद्यालयबाट दुई जना शिक्षक सहभागि भएका थिए ।

पठनपाठनमा सहजता ल्याउनका लागि शिक्षकहरूलाई स्थानीय पाठ्यक्रम बारे अन्तरक्रिया तथा प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको कालिमाटी गाउँपालिकाका शिक्षा अधिकृत भरत कुमार चन्दले जानकारी दिए । स्थानीय पाठ्यक्रम कालिमाटी गाउँपालिकाको सेरोफेरो पालिकाभित्रका ५२ वटा सामुदायीक विद्यालयमा यहि शैक्षिक वर्षदेखी कार्यान्वयमा आउँदैछ ।

कालिमाटी गाउँपालिका भित्र रहेका कृषि, पर्यटन, उद्यम, जडीबुटी, रहनसहन, कलासंस्कृति, सम्पदा, भाषा, धर्म, स्थानीय प्रविधी लगाएत विभिन्न विषयलाई समेटेर पाठ्यक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए । स्थानीय पाठ्यक्रमले पालिकाको शैक्षिक विकास तथा पहिचानमा टेवा पुग्ने र नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादन हुने उनको अपेक्षा छ । गाउँपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु गर्दैछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्नसक्ने व्यवस्था गरेकाले आफ्नो पालिकालेले पनि कालिमाटी गाउँपालिकाको सेरोफेरो तयार गरेर कार्यान्वयनमा ल्याएको अध्यक्ष केसीको भनाई छ । स्थानीय सरोकारवालाहरू विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, स्थानीय निकायका प्रतिनिधि, व्यवसायी, पेशाकर्मी, ज्येष्ठ नागरिक लगाएतबाट कालिमाटी गाउँपालिकाका सबै वडा मार्फत स्थानीय आवश्यकताका विषयवस्तुहरूको सूची तयार गरेर स्थानीय पाठ्यक्रमको मस्यौदा तयारी गरी त्यसलाई पूर्णता दिइएको थियो ।केन्द्रीय पाठ्यक्रमले मात्र स्थानीय ज्ञान, सीप, विधि तथा प्रविधिलाई समेट्न नसक्ने भएकाले पालिकाको परिवेश; वातावरण र आवश्यकता अनुसारको स्थानीय पाठ्यक्रम निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?