ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

हर्दौनामा बिओपी अफिस र ब्यारेक भवन

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

कपिलवस्तु,  बैशाख । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हर्दौनाको नवनिर्मित अफिस र ब्यारेक भवनको उद्घाटन गरिएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्धबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले भवनको उद्घाटन गरेका हुन ।
महाराजगंज नगरपालिका वडा नम्बर १० हर्दौनामा २०७६ फागुन २१ गते हर्दौना छोटी भंसार कार्यालयको जग्गामा स्थापना भएको बिओपीको नयाँ भवन उदघाटन भएको हो । अफिस र ब्यारेक गरिको संरचना निर्माणको कार्य ओम सत्य साई कन्ट्रसन प्रा.लि. चितवनले ८३ लाख ८८ हजार ९ सय ३ रूपैयामा पुरा गरेको थियो । बिओपी भवन उद्घाटन कार्यक्रममा बोल्दै महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले हर्दौना क्षेत्र बाणगंगा नदीको डुबान, बाढि र आगलागी जस्ता प्रकोप क्षेत्र भएकोले सो स्थानमा बिओपीको स्थापनाले नागरिकलाई राहत मिलेको बताए । कोरोनाका बेला सशस्त्र प्रहरी सहितका सुरक्षा निकायको समन्वयमा सिमामा आएका नागरिकलाई सहयोग गरेको स्मरण गर्दै प्रमुख खाँले सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे । आफूहरूले बिगतमा बिओपी स्थापनका बेला छोटी भंसारको पुरानो संरचना व्यवस्थापन गर्न सशस्त्र प्रहरीलाई सहयोग गरेको उनले स्मरण गराए ।
भवन उदघाटन कार्यक्रममा सहभागी वडा नम्बर १० का अध्यक्ष शैलेन्द्र कुमार चौधरी, वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र कुमार केसी लगायतले सशस्त्र प्रहरीको उपस्थितीले सो क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा र बिपतका बेला राहत मिलेको बताए ।

हर्दौना बिओपीले नेपाल भारत सिमा क्षेत्रको ५ किलोमिटरको दुरी निगरानी गर्दै आएको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म मातहत र नम्बर २८ गण हेडक्वाटरको ओभरअल कमाण्डमा सो बिओपीले कार्य सम्पादन गर्दै आएको शसस्त्र प्रहरी वल नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले बताए । सिमा सुरक्षा मजबुत नभई शान्ति सुरक्षा सबल हुन नसक्ने शसस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्धबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरिक्षक बिदुर खड्काले बताए । सिमा अतिक्रमण, सिमा स्तम्भको सुरक्षा, सिमापार अपराध नियन्त्रण, लागु औषध ओसार पसार, मानव बेचबिखन नियन्त्रण, हतियार तथा बिष्पोठक पदार्थ नियन्त्रण, अबैध चोरी पैठारी नियन्त्रण, हत्या हिंसा रोकथामका लागी सरकारको निती अनुसार बर्डर आउट पोष्ट थपिन थालेको उनले जानकारी दिए । शसस्त्र प्रहरीलाई नागरिक सँग हातेमालो गरेर सिमा सुरक्षाका कार्य अगाडी बढाउन नायब महानिरिक्षक खड्काले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?