© २०२३
बुटवल, १८ वैशाख ।
सरकारी कोटामा ईपिए माध्यमबाट कोरिया जानेहरु युवाहरुलाई लक्षित गरी भाषा प्रशिक्षण दिंदै आएको बुटवलको दीप एजुकेसन हब प्रालिले उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । दीप एजुकेसन हब प्रालिका अध्यक्ष प्रमुख कोरियन भाषा प्रशिक्षक तथा दिपक लम्सालले यसवर्ष परीक्षा दिएका ९६ जनामा ८७ जना उत्तीर्ण गराउन सफल भएको बताए । ‘यो नेपालकै उत्कृष्ट परिणाम हो’– उनले भने ।
वैदेशिक रोजगारमा जान चाहने चाहने युवाहरुलाई लक्षित गरी पाँच वर्षअघिदेखि शुरु गरेको दीपबाट ५ सय बढिलाई भाषा परिक्षामा उत्तीर्ण गराउन सफल भएको उनले बताए । कोरियामा जानेहरुमा १० प्रतिशत महिला रहेका छन् । कृषि रोजगारमा जानेमा आकर्षण बढेको उनले बताए । ६ महिने कोर्षमा उनीहरुलाई कोरियन भाषा, कोरियाको हावापानी, अवस्था बुझाउने र नयाँ ठाउँमा के गर्ने जस्ता ससाना विषयमा समेत ज्ञान दिने गरेको उनले बताए । अघिल्लो वर्ष १ सय ५७ मा १३७ मा पास भएका थिए । प्रविधिमैत्री रुपमा अध्ययन अध्यापनबाट उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले दाबी गरे । एक समारोहका बीच सोमबार बुटवलमा यस वर्ष उर्तिणहरुलाई सम्मान तथा नयालाई अभिमुखिकरण गरिएको छ ।
कोरियन भाषा प्रशिक्षक अर्जुन थापाले वर्षमा एकपटक परिक्षा हुँदै आएकोमा यो वर्षदेखि दुई विधामा फरकफरक परीक्षा लिइन थालिएको बताए । प्रत्येक वर्ष १० हजार रोजगारका लागि कोरिया जाने गर्दछन् । कोरियामा १० वर्षसम्म बस्न पाउने प्रावधान रहने तथा कृषि र उत्पादन गरी दुई वटा काममा भिषा दिने गरिएको छ । बुटवल क्षेत्रमा मात्रै १२ वटा बढी भाषा पढाउने ईन्च्युटहरु छन् । उत्तीर्ण भएपछि एउटा प्रक्रियामा रहनुपर्ने रहेको छ ।
कोरियन भाषा प्रशिक्षक वसन्त थापा, कोरियन भाषा प्रशिक्षक अरुण पौडेलले उत्तीर्ण भएकालाई थप प्रकियाका बारेमा जानकारी दिए । देशभरबाट ३९ हजार जनाले परीक्षा दिएकोमा १० हजार जनाले नाम निकालेका छन् ।