ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मुख्य खबर

हुलाकी राजमार्गः अतिक्रमित सडकमा डोजर

सडक क्षेत्र मै घर टहरा र टंकी भएका कारण दुर्घटना बढेको भन्दै बैशाख १४ गते अतिक्रमण हटाउने निर्णय गरिएको थियो । सडक अतिक्रमण गरी बनाइएका ५ घर टहरा तथा सारर्वजनिक जग्गा र बाणगंगा सिचाई प्रणालीको जग्गामा बनाइएका ७ घर टहरा समेत हटाइएको नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले जानकारी दिए ।
१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

कपिलवस्तु,  बैशाख- अतिक्रमणका कारण दुर्घटना बढदै गएको हुलाकीमार्ग अन्र्तगत कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडकखण्डको कपिलवस्तु नगरपालिका वडा नम्बर ४ कोदहवा चोकको सडक अतिक्रमण हटाईएको छ । कपिलवस्तु नगरपालिकाकाको अगुवाई र जिल्ला सुरक्षा समितिको पहलमा कपिलवस्तु नगरपालिकाका कर्मचारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, हुलाकी सडक र बाणगंगा सिचाई प्रणालीका कर्मचारीहरुले जेसिबी लगायर सडक अतिक्रमण हटाएका हुन । सो सडकमा बनेका १५ बढि घर टहरालाई हटाईएको हो । सो चौराहामा सडक क्षेत्र मै घर टहरा र टंकी भएका कारण दुर्घटना बढेको भन्दै बैशाख १४ गते अतिक्रमण हटाउने निर्णय गरिएको थियो । सडक अतिक्रमण गरी बनाइएका ५ घर टहरा तथा सारर्वजनिक जग्गा र बाणगंगा सिचाई प्रणालीको जग्गामा बनाइएका ७ घर टहरा समेत हटाइएको नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले जानकारी दिए ।

यस अघि २ पटक सम्म नगरपालिकाले कोदहवामा रहेको अतिक्रमण हटाउन सार्वजनिक सुचना जारी गरेको थियो । तर त्यहाँ अतिक्रमण गरि बसेका स्थानियले सुचनालाई अटेरी गर्दैै आएका थिए । राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नु पर्ने सुरक्षा कार्यबिधि २०७५ को दफा ७ बमोजिम प्रशासन कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय बैठकमा अतिक्रण खाली गराउने निर्णय गरिएको थियो । नगरपालिकाले पटक पटक स्चना जारी गर्ने र खाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरे पछि बाध्य भएर यो अतिक्रमण हटाउने कार्य गरिएको नगर प्रमुख सुदीप पौडेलले बताए । सडकमा अतिक्रमणका कारण दुर्घटना बढेको भए पनि अतिक्रमण हटे सगै सडक दुर्घटना समेत घटने प्रमुख पौडेलले बताए । अतिक्रमण हटाउने कार्यमा स्थानियले समेत साथ दिएका थिए । जिल्लाको अन्य स्थानमा रहेका सडक अतिक्रमण हटाउने कार्य पनि अगाडी बढाईने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?