ट्रेंडिंग:

>> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता

रिभरसाइड युथ क्लबको निःशुल्क मधुमेह तथा मृगौला परीक्षण

१६ बैशाख २०८०, शनिबार
१६ बैशाख २०८०, शनिबार

बुटवल, १५ बैशाख ।

रिभरसाइड युथ क्लब, तिलोत्तमा–६, गोरकट्टा एवं सिद्धार्थनगर सिटी अस्पताल भैरहवाको सहकार्यमा एकदिने निःशुल्क मधुमेह तथा मृगौला परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबाट आएका विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले निःशुल्क परामर्शका साथै मधुमेह, मृगौला र रक्तचाप सम्बन्धी सेवाका साथै निःशुल्क परीक्षण र औषधि समेत उपलब्ध गराएको क्लबले जनाएको छ । स्वास्थ्य शिविरमा १ सय ५० जनाभन्दा बढीको परिक्षण गरिएको छ । शिविरको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले राज्यले गर्नुपर्ने काम स्थानीय क्लबले गरेकोमा प्रशंसा गरिन् ।

पछिल्लो समय कामको व्यस्तता बढेसँगै मानव स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेको भन्दै समय–समयमा स्वास्थ्य परीक्षण गराउँदा सबैलाई फाइदा हुने उनले बताइन । क्लबका अध्यक्ष दिवश थापाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा तिलोत्तमा कार्यकारिणी सदस्य नरबहादुर छन्तेल, तिलोत्तमा आमा समूहका अध्यक्ष गोमा पाण्डे, हरियाली टोल बिकाश संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डे, सुन्दरबस्ती टोल बिक्री संस्थाका अध्यक्ष बुद्धीसागर दाहाल, नारी जागरण आमा समूहका अध्यक्ष चुमदेवी गुरुङ, नवजीवन युवा क्लबका अध्यक्ष केशव भुसाल, पत्रकार प्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो भने सहसचिव निर्मल भण्डारीले पनि मन्तव्य व्यक्त गरेका थिए । क्लबले विगतमा रक्तदान, सांस्कृतिक कार्यक्रम सहित माघी मेला, समुदायमा छाडा कुकुरको नसबंदी, तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान लगायत विभिन्न सामाजिक कार्यक्रमको आयोजना समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?