© २०२३
बुटवल, १५ बैशाख ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमण प्रयास भएकोप्रति एमाले लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले निन्दा एवं भत्र्सना गरेका छन् ।
एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल र जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा ‘कोशीप्रदेश’को नामाकरण संविधान र कानुनबमोजिम प्रक्रियागत ढंगले टु¨ो लागिसकेको विषयमा सत्तारुढ दलकै नेता कार्यकर्तालाई उचालेर यस प्रकारका कुकर्म गर्नु आपत्तिजनक र खेदजनक भएको उल्लेख गरिएको छ ।
“नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा (२) ले गरेको व्यवस्था अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने गरी ब्यवस्था गरिएको तर्फ सम्वन्धित सवैको ध्यानाकर्षण गराउँछौ”–विज्ञप्तीमा भनिएको छ ।
संविधानअनुरुप प्रदेशसभाले गरेको निर्णयलाई मुलुकको प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले गलत भएको अभिब्यक्ति दिनुले प्रदेशसभाको निर्णयलाई अवमूल्यन गरेको र अराजक तथा उद्घण्डतालाई प्रश्रय दिदै संविधान, कानुन र प्रचलित मूल्य मान्यतालाई धज्जी उडाउने काम भएकोले यस्ता कार्यको जतिसुकै निन्दा र भत्र्सना गरेपनिकम हुने विज्ञप्तीमा उल्लेख छ ।
गैरजिम्मेवार अभिब्यक्तिमार्फत् सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने र साम्प्रदायिक विद्वेष फैलाउने प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा माफी माग्न,अपराधिकरणतर्फ उन्मुख ब्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गरी कानुनी शासनको प्रत्याभूति गराउन एमाले रुपन्देहीले माग गरेको छ ।