© २०२३
सल्यान, १४ बैशाख ।
विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नुका साथै शिक्षकको पेशागत विकासका लागि सल्यानमा शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ । आधुनिक शिक्षामा जोड दिदै जिल्ल्लाको शारदा नगरपालिकाले बिहीबार प्राथमिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरेको हो ।
नगरभित्रका १२ वटा प्राथमिक विद्यालयका एक÷एक जना शिक्षकलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । ल्यापटप हस्तान्तरण गर्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले शिक्षकलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने उद्देश्यले ल्यापटप वितरण गरिएको बताए ।
प्रविधिको उच्चतम प्रयोग गरि शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन नगरपालिकाले प्रविधिसंग सम्बन्धित तालिम, सिप विकास र थप कार्यक्रम संचालन गरिने उनको भनाई छ ।
प्रविधिले सिक्ने र सिकाउने कार्यमा सरलता ल्याउने भएकाले प्रभावकारी शिक्षामा ल्यापटप उपयोगी हुने प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालको अपेक्षा छ । ल्यापटप हस्तान्तरण कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख संगिता बुढा, योजना अधिकृत केशव बुढाथोली लगायतको पनि सहभागिता थियो ।