ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

रुपन्देहीका १६ जना स्वतन्त्र उम्मेदवारले गरे खर्च विवरण सार्वजनिक

१३ बैशाख २०८०, बुधबार
१३ बैशाख २०८०, बुधबार

बुटवल, १३ बैशाख ।

रुपन्देहीबाट गत मंसिरमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका  विभिन्न १६ जना उम्मेदवारलेआफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

मंसिर ४ गते सम्पन्न संघ र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले निर्वाचन आयोगमा बुझाएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि त्रिभुज चिन्ह लिएर उम्मेदवार बनेका विष्णु बिकेले निर्वाचनमा आफ्नो ८० हजार रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

त्यस्तै प्रतिनिधि सभाका अन्य उम्मेदवारहरु प्रदिप ज्ञवालीले ७६ हजार, सुरेन्द्र भारीले ६४ हजार र तोपनारायण पौडेलले ६८ हजार खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ मा उम्मेदवारी दिएका इश्वरीप्रसाद भण्डारीले ४६ हजार, प्रदेशसभा २ (१) मै उम्मेदवारी दिएका उमाकान्त सापकोटाले ४६ हजार, र सोही क्षेत्रबाट उम्मेदवारी दिएका अर्का उम्मेदवार डोमबहादुर गुरुङले ४६ हजार, प्रदेशसभा २ (२) बाट उम्मेदवारी दिएका जिवनारायण घिमिरेले ५८ हजार र सोही क्षेत्रबाट उम्मेदवारी दिएका चामबहादुर क्षेत्रीले ५९ हजार खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका शंकर भुसालले पनि आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले निर्वाचनमा आफ्नो १९ हजार खर्च भएको बताएका छन् । त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाटै उम्मेदवारी दिएका दिपक खनालले आफ्नो ८ हजार ५०० रुपियाँ मात्र निर्वाचनमा खर्च भएको उल्लेख गरेका छन् ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका केशवराज पौडेलले आफ्नो खर्च २५ हजार रुपियाँ भएको उल्लेख गरेका छन् । त्यसैगरी क्षेत्र नम्बर ५ प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवारी दिएका भिमलाल सुवेदीले निर्वाचनमा आफ्नो २० हजार रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर ५ बाटै प्रतिनिधिसभामा उम्मेदवारी दिएका गोविन्दप्रसाद पाण्डेले आफ्नो चुनावी खर्च ३९ हजार ५०० भएको उल्लेख गरेका छन् । त्यस्तै प्रतिनिधिसभाकै उम्मेदवार भानुभक्त भण्डारीले आफ्नो चुनावी खर्च २५ हजार रुपियाँ भएको विवरण सार्वजनिक गरेका छन् भने रामप्रसाद घिमिरेले ३५ हजार ८०० रुपियाँ चुनावमा खर्च भएको विवरण आयोगमा पेश गरेका छन् ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका ती सबै पराजित भएका थिए । उनीहरुले बुधबार सञ्चारकर्मीमाझ खर्च विवरण सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?