© २०२३
बुटवल बैशाख । लायन्स क्लव अफ बुटवल मेट्रोसिटी र अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा अर्घाखाँची शितगंगानगरपालिका वडा नं.६ देउरालीमा निःशुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ ।
शिविरमावरिष्ठ फिजिसियन डा. मनोहर जोशी , वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नवीन तिरुवालगायतका स्वाथ्य कर्मीहरुको समुह र लायन्स आँखा अस्पताल बुटबलका बरिष्ठ नेत्र सहायक डा.मनोहर न्यौपानेको नेतृत्वमा रहेको स्वाथ्य प्राविधिकहरुकोसमुले शिविरमा स्वाथ्य जाँच सेवा प्रदान गरेका हुन । शिविरमा शितगंगा नगरपालिका नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष,स्थानीय स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिह, लायन्स तथा सम्पर्क समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको राम बेलबासले जानकारी दिए । कार्यक्रमको संयोजन सन्जीव सुनारले गरेको नुमेन्द्र पौडेलको भनाई छ । करिब ६५० स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेको मनोज गौतमले जानकारी दिए ।