ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा
फ्रन्टपेज

स्वास्थ्य परिक्षणमा प्रोत्साहित गर्न सुस्तामा ‘गर्भवती प्रमाण पत्र’

जीवनको महत्वपुर्ण अवधी सुनौलो १००० दिनमा प्रवेश गर्नु भएकोमा हार्दिक बधाई एवं सुभकामना ब्यतm गर्दै स्वास्थ्य सेवा लिई आफु गर्भ अनि बच्चाको स्वास्थ्यमा योगदान दिनु हुन अनुरोध गर्दछौ,भन्ने कुरा प्रमाणपत्रमा उल्लेखित गरिएको छ ।
१२ बैशाख २०८०, मंगलवार
१२ बैशाख २०८०, मंगलवार

नवलपरासी, बैशाख- जिल्लाको सुस्ता गाउपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षण गर्न तर्फ प्रोत्साहित गर्न पहिलो गर्भ परिक्षणका दिन गर्भवती प्रमाणपत्र (प्रेगनेन्सि सर्टिफिटेक) दिने जनाएको छ । गर्भ परिक्षण गराएर गर्भवती भएको हजार दिनसम्म जीवनको विशेष दिन,विशेष ढंगले विताउनका लागि सन्देश सहितको गर्भवति प्रमाणपत्रको व्यवस्था गरेको हो ।
स्वास्थ्य सन्तति जन्माउने मात्र नभई एक स्वस्थ्य नागरिक बनाउने उदेश्यले सो योजना गर्भावस्था देखी नै तयारीमा जुट्नका लागि यस्तो योजना स्वास्थ्य शाखाले बनाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सुनौलो हजार दिनका सबै भौतिक स्वास्ँथ्यका मापदण्ड पालना गर्न गराउन स्वास्थ्य शाखाले तयारी गरेको छ,उनले भने,मानसिक र संंस्कारित शिशुको जन्मका लागि पनि गाउपालिकाले अगामी बर्ष देखी सबै गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा कार्यक्रम पनि लागु गर्ने सोच बनाएको छ । त्यसका लागि गाउपालिकाले बजेट विनियोजन गरि अगामी बर्षदेखि सबै गर्भवती महिलालाई गर्भ सँस्कार समेत सिकाउने गरि तालिम प्रदान गर्नेछ ।
सुनौलो हजार दिन कार्यक्रममा गर्भवतिको स्वास्थ्यसँगै गर्भको शिशुको भौतिक विकासका लागि काम गर्नेछ,उनले थपे,गर्भ सँस्कार शिक्षाले मानसिक,सम्बेदशिलतासँगै गर्भमै संस्कार सिकाई हुन्छ । सुनौलो हजार दिनका कार्यक्रम बैज्ञानिक हुन्छ,भने गर्भ संस्कार शिक्षा कार्यक्रमले अध्यात्मिकतालाई वृद्धि गर्नेछ । गर्र्भबाटै शिशुलाई संस्कारित बनाउन सकिन्छ भन्ने पुर्विय दर्शनमा रहेको छ । पुर्विय दर्शन अनुसार नै गर्भ शिक्षाको रुपमा पहिला मानिसको शोणष सस्कार मध्ये पुन्सवन संस्कार पनि गराउने प्रचलन पहिला थियो । केही बर्ष पछि सो संस्कार विुलप्त हुने अवस्थामा रहेको छ । त्यसैको परिस्कृत रुपमा आधारित र विभिन्न बैज्ञानिक खोजले पत्ता लगाए अनुसार गर्भ भित्र नै शिशुको न्युरोन बन्ने प्रकृया ८० प्रतिसत सम्पन्न भई सक्छ,सोही न्युरोन बन्ने प्रकृयामा संस्कार विकास हुदै गएको हुन्छ ।
जसरी खाली खेत हुदा जुन सुकै प्रकारका विँउ खेतमा उम्रिने गरेको हुन्छ,सोही दृष्टान्त अनुसार नै यदि गर्भावस्था पनि खाली खेत जस्तै शिशुको मस्तिष्क विकास हुदा खाली हुन्छ,सो बेला जे जस्तो आमा,घरपरिवारले ब्यवहार देखाउछन्,गर्छन,छरछिमेकमा जे जस्तो अवस्था हुन्छ,ति कुरा शिशुले गर्भभित्रै बाट सिकिरहेको हुन्छ,भन्ने कुरा गर्भवति महिला र घरपरिवारलाई जानकारी हुदैन् । गर्भमा सिकेको सस्कारकै आधारमा उसको स्वभाव बन्दै गएको हुन्छ,जुन हामी जन्मे पछि परिवर्तन गर्न खोज्छौ,त्यो सम्भव हुदैन् । यो वैज्ञानिक रुपमै प्रमाणित भई सकेको छ । त्यही भएर अहिले गर्भवति महिला प्रति स्वास्थ्य शाखा गम्भिर भएर काम गर्दैछ,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,२० बर्ष पछि कस्तो नागरिक बनाउने देशले सोच्नु पर्छ,कस्तो परिवार बनाउने परिवारले पनि सोच्नु पर्छ,त्यसै गरि कस्तो सन्तान जन्माउने ति कुरा दम्पतिले सोच्नु पर्छ । सोही अनुसारको आहार विहारमा ध्यान दिनु पर्छ ।
आहार सन्तुलित र स्वस्थ्यकर हुनु पर्छ भन्ने कुरा सुनौलौ हजार दिनको अभियानले समेटेको छ । विहार अर्थात आचरणका लागि संंस्कार र सोच्ने कार्य पनि सोही अनुकुल बनाउनु पर्ने उनका ेभनाई थियो । गर्भवतिलाई यि कुराबारे जारी गर्ने गर्भप्रमाणपत्रमा उल्लेखित गरिएको हुन्छ । गर्भ प्रमाणपत्रले गर्भ जाँचलाई पनि नियमित गराउने छ । शिशु जन्मनु पुर्व नै एक प्रकारको प्रमाण प्राप्त भएको पछि अनुभुति गर्नेछ । अहिले गर्भवति महिलालाई गर्भावस्था भित्र ८ पटक जाँच गराउनु पर्छ,उनले भने,त्यसमा पनि सो प्रमाणपत्र उपयोगी सिद्ध हुनेछ ।
सरकारबाट पाउने सेवा सुविधाका लागि पनि र पछि जन्मदर्ताका लागि पनि एउटा आधार बन्ने छ । गर्भ प्रमाणपत्र पश्चात शिशुको जन्म हुन्छ, जन्म प्रमाणपत्र बर्थिगँ सेन्टरबाट प्राप्त गर्छ,सोही अनुसार जन्मदर्ता पनि गराउछ । छोरी जन्मेमा गाउपालिकाले चलाउदै आएको छोरी बचाऔ,छोरी पढाऔ अभियान अन्तरगत गाउपालिकाबाट प्राप्त हुने २५ हजार रुपिया पनि सहर्जै प्राप्त गर्नलाई पनि आधार बन्नेछ । जीवनको महत्वपुर्ण अवधी सुनौलो १००० दिनमा प्रवेश गर्नु भएकोमा हार्दिक बधाई एवं सुभकामना ब्यतm गर्दै तपसिलमा उल्लेखित स्वास्थ्य सेवा लिई आफु गर्भ अनि बच्चाको स्वास्थ्यमा योगदान दिनु हुन अनुरोध गर्दछौ,भन्ने कुरा प्रमाणपत्रमा उल्लेखित गरिएको छ ।
जस्मा गर्भ रहेको थाहा पाए पछि टिटि खोप लगाई ३ महिनासम्म दैनिक १ चक्की फोलिक एसिड खानुहोला,गर्भमा रहेको ३ महिनामा १ चक्की जुकाको औषधी र सुत्केरी अवस्थासम्म दैनिक १ चक्की आईरन खानुहोला,गर्भवस्थामा ८ र सुत्केरी अवस्थामा ४ पटक प्रोटोकल अनुसार गर्भ सुत्केरी नवशिशु जाँच गराउनु होला,र्बिर्थगँसेन्टर तथा अस्पतालमा मात्र प्रसुति सेवा लिनु होला, र ६ महिनासम्म पुर्ण स्तनपान गराउनु होला,६महिना पुगिसके पछि २ बर्षसम्म स्तनपानको साथमा थप पोषिलो आहार उमेर अनुसार मिलाएर खुवाउनु होला,बच्चा जन्मेको २ बर्षसम्म पोषण स्थिती लेखाजोखा गर्न मासिक तौल अनुगमन गराउनु होला र १५ महिना भित्र बच्चालाई सबै खोपहरु नियमानुसार लगाउदै सरसफाई प्रवद्र्धनमा ख्याल पुर्याउनु होला भन्ने कुरा सन्देश लेखिएको प्रमाणपत्र दिने कार्य सुस्ता गाउपालिकाले शुरु गरेको छ ।
यो भन्दा अगाडी पनि सबै गर्भवति महिलालाई निशुल्क भिडियो एक्सरे गर्दै अाँएको सुस्ता गाउपालिकाले गत भदौ महिना देखी हालसम्म ३ सय भन्दा बढि महिलालाई भिडियो एक्सरे गरि सकेको छ । सुत्केरीलाई पोषणयुतm खानाको सचेतना गराउदै पोषण झोला समेत वितरण गरेको थियो । सस्ता गाउपालिकाले स्वास्थ्य सेवामा पनि गर्भवति महिलालाई विशेष सेवा पुर्याउदै उदाहरणिय र उत्कृष्ट काम गरेको प्रशंसा गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले अन्य पालिकाले पनि यस्तो सृजनात्मक कार्य गर्नु पर्ने बताएका थिए ।
ण्ण्ण्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%