© २०२३
गुल्मी, वैशाख- गुल्मीको मुसिकोट नगरपालिका ५ अन्र्तगत आँपचौरवासीहरुले आफ्नै लगानीमा थोरै थोरै रकम संकलन गरे पक्की पुल निर्माण गरेका छन । आँपचौरवाट रोजगारीको शिलसिलामा विदेशमा रहेका युवाहरुको पहल र एवं गाउँमै कृषिकर्म गरि बस्दै आएका अग्रजहरुको समन्वयमा कोटेश्वर धाम जाने सडक अन्र्तगत घैंटेआँप नजिकै गेँदी खोलामा पक्की पुल निर्माण गरिएको हो ।
१३ मिटर लम्बाई र डेढ मिटर चौडाई रहेको उक्त पुल निर्माण शुरु गरेको तीन महिनामै निर्माण कार्य सम्पन्न भएकोे छ । घंैटेआँप कोटेश्वर पक्ककी पुलको जयजय कोटेश्वर समूहको प्रथम स्थापना दिवशको अवशरमा स्थानी बयोवृद्ध पण्डित दुर्गादत्त अर्याल र मुसिकोट नगरपालिका प्रमुख जिवन खरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन ।
पुल निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका मनकारी दाताहरुले न्यूनतम पाँच सय रुपैयाँदेखि ५१ हजार रुपैयाँ सम्म रकम संकलन गरेका थिए । पुल निर्माणका लागि कुल ८ लाख १३ हजार ४ सय २५ रुपैयाँ खर्च भएको पुल निर्माण समितिका संयोजक डिल्लीराज अर्यालले बताए । हाल वैदेशिक रोजगारिको सिलशिलामा तेश्रो मुलुकमा रहेका किरण खरेल, तुलाराम तिवारी एवं फडिन्द्र भट्टराई लगायतका युवा समाजसेवीहरुको पहलमा गत तीन महिना अघि उक्त पुल निर्माण शुरु गरिएको थियो ।
मुसिकोट नगरपालिका ५ अन्र्तगत आँपचौर र चन्द्रकोट गाउँपालिका ८ अन्र्तगत तुराङको संगम स्थलमा निर्माण गरिएको पक्की पुलले त्यहाँका दुई पालिकाहरुलाई नजिकवाट जोड्ने काम गरेको छ । स्थानीयहरुको सक्रियतामा तीन महिनाको छोटो अबधिमा पुल निर्माणको काम सम्पन्न भएको हो । उक्त ठाउँमा पुल नहुँदा बर्षादको समयमा स्थानीयहरुलाई खोला तरेर वारपार गर्न ठूलो समस्या परेको थियो । यतिबेला पुल निर्माण भएपछि दुइपाँग्रे सवारी साधन लगायत र पैदल यात्रुहरुलाई आवत जावत गर्न सहज पुग्ने भएको छ ।
धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कोटेश्वर धामको महत्वलाई उजागर गरि कोटेश्वर गुफाको प्रचारप्रसारका लागि जय जय कोटेश्वर समूहको पहल एवं धार्मिक व्यक्तित्वहरुको सहयोगमा अभियान सञ्चालन गरिएको अभियान्ता किरण खरेलले बताए । उक्त पुल निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका ९५ जना आँपचौरबासीहरुले स्वतस्फुर्त रुपमा रकम सहयोग गरेका थिए ।