ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

पाँच दशकदेखिको अन्धकार बस्तीमा पुग्यो बिजुली

११ बैशाख २०८०, सोमबार
११ बैशाख २०८०, सोमबार

चन्द्रौटा (कपिलवस्तु),  बैशाख – कपिलवस्तुको शिवराज नगरपालिका–१, चोरखोला बासी हर्षित भएका छन् । पाँच दशक लामो समयदेखि बसोबास रहेको पुरानो बस्तीमा बिजुलीको खम्बा गाडिने लगायत निर्माण कार्य सुरु भएपछि स्थानीय हर्षित भएका हुन् ।
जिल्लाको मुटु मानिने मुख्य बजार चन्द्रौटादेखि करिब १५ किलोमिटर पुर्व–पश्चिम लोकमार्ग छेउमै रहेको चोरखोला बस्तीमा विधुत नहुँदा स्थानीय अन्धकारमय जीवन जिउने समस्या झेल्दै आएका थिए । यसअघि पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदासमेत सुनुवाई नभएको स्थानीयले गुनासो गर्दै आएका थिए ।
विधुतसँगै शुद्ध खानेपानी र मोबाइल नेटवर्क लगायतको व्यवस्थापन नहुँदा आमनागरिक दुषित पानी पिउन बाध्य भएका थिए स्थानीय समाजसेवी एम.वि. सुनारले बताए । उनले भनेः“ जसमध्ये विधुत र खानेपानीको समस्या समाधान हुने भएको छ तर मोबाईल नेटवर्कको समस्या समेत छिट्टै समाधान हुने विश्वास छ ।“
२०२६ सालदेखि बसोबास गर्दै आएको बस्तीमा अथक प्रयास गर्दा विधुत लगायत खानेपानी लगायत समस्याको समाधान गर्न सफल भएको स्थानीय सुनारले जिकिर गरे । उनले थपेः “यसभन्दा पहिला चोरखोला बस्तीमा माननीय पूर्व सांसद अभिषेक प्रताप शाहले अवलोकनका क्रममा उहाँले गरेको बाचा पूरा गर्नुभएको छ जसको श्रेय जान्छ, त्यसकोलागि धन्यवाद छ ।“ विधुत, खानेपानी लगायत समस्याको समाधान गर्न पटकपटक विभिन्न निकायमा पुगेका उनले जनाए ।
चोरखोला बस्तीमा आइतबार देखि विद्युत प्रसारणको निर्माण कार्यको उद्घाटन गर्दै पूर्व सांसद अभिषेक प्रताप शाहले अन्धकारमा बस्ने र दुषित पानी खानुपर्ने बाध्यता हटेको दावी गरे । आगामी दिनमा उक्त स्थानको मोबाईल नेटवर्क लगायतको समस्या समाधान गर्ने उनले प्रतिबद्धता समेत जनाए । अवलोकनका क्रममा स्थानीय बासीलाई आफूले गरेको अनुरुप नै काम गरेको उनको भनाइ छ ।
उक्त समस्याको आफूले ढिला जानकारी पाएको बताउँदै जानकारी पाए लगत्तै केन्द्रबाटै ६० लाख विनियोजन गराउन सफल भएको बताए । सोही अनुसार यतिबेला निर्माण कार्य सुरुवात भएको उनले उल्लेख गरे । विकासमुखी आफ्नो पृष्ठभूमि रहेको जनाउँदै “विकास निर्माणलाई नै निरन्तर दिँदै अगाडि बढ्छु“ उनले भने ।
यसैबीच नगर प्रमुख अजय थापाले लामो समयदेखि अन्धकारमय जीवन जिउन बाध्य भएका नगरबासी उज्यालोमय भएकोप्रति हर्ष व्यक्त गरे । सांसद शाहको अथक प्रयासबाट नगरबासीलाई सरकारको प्रत्यक्ष महसुस गराउन सफल भएको बताए । सरकारप्रतिको निरासालाई सकारात्मक सन्देश दिलाउन सदैव तत्पर रहने जनाए । सबैले यसैगरी विकासलाई गति दिन सके शिवराजलाई नमुन पालिका बनाउन मद्दत पुग्ने थापाको भनाइ छ ।
वडा नम्बर १ का वडा अध्यक्ष खिमबिक्रम केसीले विधुत, खानेपानीलगायतको समस्या समाधान भएकोमा सांसद शाहलाई धन्यवाद दिँदै मोबाइलको नेटवर्कको समस्या समेत समाधान गर्न पहल गर्ने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?