© २०२३
दाङ, ११ वैशाख ।
दाङमा अटोको ठक्करबाट बालिकाको मृत्यु भएपछि फरार रहेका घोराही उपमहानगरपालिका–१२ गुर्जे निवासी अटो चालक सुवास सुनारलाई २६ दिनपछि भारतको हरियाणाबाट प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१२ गुर्जेस्थित पक्की पुलमा नम्वर नखुलेको अटोले गत चैत १६ गते ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ५ बर्षीया बालिका माघिरा भनिने युविका बुढाथोकीको मृत्यु भएको थियो । अटोको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा चैत २० गते भैरहवास्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको थियो ।
‘पारम्भिक अनुसन्धानका क्रममा हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको थियो । अरु केही खुलेको थिएन’,जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतमले भने,‘प्रहरीले सूचना संयन्त्रको प्रयोगसँगै प्राविधिक माध्यम र सिडिआर एनलाइसेसका माध्यमबाट प्राप्त सूचनाको आधारमा सुवासलाई पक्राउ गर्न सफल भएका हो ।’ उनका अनुसार सुवास विकले चलाएको रा १ ह ७००३ नंम्वरको अटोले ठक्कर दिदा बालिका गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते बालिकको उपचारका क्रममा चार दिनपछि मृत्यु भएको थियो । गौतमका अनुसार घटना घटेको २६ दिन पश्चात बैशाख ८ गते प्रहरीले उक्त अटो लुकाईछिपाई राखेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । भारतको हरियाणामा रहेका सुवासलाई भारतीय प्रहरीसंगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ल्याउन सफल भएको प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी