© २०२३
दाङ, ११ वैशाख ।
घोराही उपमहानगरपालिका–१२ की ४१ वर्षीया शारदा केसीको हत्या गरेको आरोपमा उनकै श्रीमान् ४४ वर्षीय मेघराज केसीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शारदाको शव वैशाख ६ गते आफ्नै घर छेउँमै गाडिएको अवस्थामा फेला परेको थियो । तरकारी टिप्न गएको बेला छिमेकीले घर छेउँमै मलखादमा मान्छेको खुट्टा बाहिर निस्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मेघराज केसीलाई लुकिछिपी हिडिरहेको अवस्थामा शुक्रबार राति घोराही–४ गोग्लीबाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर वलीले जानकारी दिए ।
प्रहरीले उत्खनन् गरी सडेको अवस्थामा शव निकालेर पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा फरेन्सिक डाक्टर नभएकाले नेपालगञ्ज पठाएको र वैशाख ७ गते पोष्टमार्टम गरी परिवारले शव बुझेर अन्त्येष्टि गरिएको प्रमुख वलीले बताए । शारदा वैशाख १ गतेदेखि वेपत्ता भएकी थिइन् । शव भेटिएपछि पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी