© २०२३
कपिलवस्तु बैशाख
मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुका मुस्लिम समुदायले दुई तिन बर्ष पछि सामुहिक नवाज पढेर ईद मनाएका छन । जिल्लाका मुस्लिम समुदायहरुले तौलिहवा, चन्द्रौटा, कृष्णनगर र अभिरावमा रहेको ईदगाहमा सामुहिक नवाज पढि ईद पर्व मनाएका हुन । ईदका अवसरमा कपिलवस्तु नगरपालिका २ को ईदगाह र कपिलवस्तु नगरपालिका १ को ईमाम अहमद बिन हम्मब्ल मस्जिद र वडा नम्बर ३ को देवानगढियाको मस्जिदमा नवाज पढिएको छ । ईदका अवसरमा कपिलवस्तु नगरपालिका १ को ईमाम अहमद बिन हम्मब्ल मस्जिदमा ५ सय बढि महिलाले सामुहिक नवाज पढेका थिए । ईद पर्वका अवसरमा मुलुकमा स्थाई शान्तिको कामना गर्दै आफुहरुले ईदको नवाज पढेको जामा मस्जिद तौलिहवाका ईमाम मौलाना अलि हसनले बताए । “प्रेम र भाईचाराको सन्देश दिदै ईद मनाउदै छौं । हाम्रो देश र देशबासीमा कुनै पनि समस्या नआओस्, शान्ति, स्थिरता र बिकास होस भनेर अल्लाह सँग दुवा मागेका छौं ” । उनले भने ।
यसै बिच ईदका अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिन प्रतिनिधीसभाका साँसद सुरेन्द्रराज आचार्य, पर्व साँसद बृजेश कुमार गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, पुर्व लुम्बिनी प्रदेशमन्त्री धर्म बहादुर लाल श्रीवास्तव,कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, युवा नेता राजेश गुप्ता र महिला नेत्री तुलसा गैह्रे सहितका जनप्रतिनिधी शुभकामना दिन ईदगाहमा पुगेका थिए । मुस्लिम समुदायले मनाउने ईद पर्वको अवसरमा राष्ट्रिय बिदा दिएर मुस्लिम समुदायको सम्मान गर्न कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सरकार सँग आग्रह गरे । यो पर्वले शान्ति, सदभाव र सहकार्य कायम गर्न जोड दिएको लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताए । उनले शनिबार ईद परे पनि आईतबार बिदा दिन सरकार सँग माग गरे ।
मुस्लिम समुदायको ईद पर्व मात्रै नभई अरु महत्वपुर्ण पर्वमा समेत बिदा दिन आवश्यक रहेकोमा प्रतिनिधीसभाका साँसद सुरेन्द्रराज आचार्यले जोड दिए । आफुले मुस्लिम समुदायका सबै ठुला पर्वमा राष्ट्रिय बिदाका लागी सम्बन्धित निकायमा पहल गर्ने उनले प्रतिबद्धता जनाए । “सरकारले सबै धर्मलाई सम्मान दिएर देश र समाजमा आपसी भाईचारा र सदभाव कायम गर्ने बातावरण बनाउनका लागी ईद सहितका ठुला पर्वमा बिदा दिन आवश्यक छ ।” साँसद आचार्यले भने ।